वराहक्षेत्र/ वराहक्षेत्रको जेठो चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी औद्योकिकरणतर्फ उन्मुख भएको छ ।

स्थापनको समयमा बचतमात्र गर्दै आएको चतरा बहुउद्देश्यीय सहकारीले आफूलाई फराकिलो बनाउ“दै बजारीकरण गर्न लागेको हो ।

अहिले बदलिएको सहकारी ऐन २०७४ अनुसार संस्थालाई परिवर्तन गर्दै चतरा बहुउद्देश्यीयले विभिन्न दीर्घकालीन व्यवसायिक कार्य योजना अघि सारेको छ ।

गाउ“मा छरिएर रहेका अनुत्पादक पु“जीलाई एक गरी वराहक्षेत्रको आर्थिक समृद्धि र रोजगार उर्पाजनको विभिन्न सेक्टरमा लगानी गर्न लागेको बहुउद्देश्यीय सहकारी की अध्यक्ष सीता भण्डारी पौडेलले बताइन् ।

वराहक्षेत्रको विकास र उन्नतिका लागि सहकारीका सदस्यहरूले गर्दै आएको बचतमात्र अपर्याप्त हुने भएकाले यसलाई उत्पादनशील कार्यमा लगाइनु अबको आवश्यकता भएको भन्दै उनले सदस्यको आयआर्जनको लागि कृषि, पर्यटन, प्रशोधन, डेरी र बायोग्यास प्लान्टलगायत व्यवसायिक कार्ययोजनामा अघि बढेको अध्यक्ष पौडेलले बताइन् ।

सहकारीको योजनाअनुसार संस्थाको एग्रीकल्चरल एरिया कृषि पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि कृषि तालिम केन्द्र, कुखुरा, माछा र बाख्रा पालन, कृषि पर्यटन, एग्रो रिर्सोट र बायो ग्यास उद्योगजस्ता योजनाहरू ल्याइएको छ ।

‘हाम्रो शुरुवाती फोकस भनेको बायोग्यासको उद्योग स्थापना गर्नु रहेको छ, यसको रिसर्चको लागि छिट्टै भैरहवा जान लागिरहेका छौं ।’ पौडेलले भनिन् ।

बहुउद्देश्यीय कृषि कार्यक्रमअनुसार सहकारीको वराहक्षेत्र नपाको वडा नम्बर २ स्थित जब्दीमा रहेको संस्थाको २ बिघा १३ कट्ठा जग्गामा डेरी फार्म सञ्चालन भइरहेको छ । त्यहाँ जैविक तथा कम्पोष्ट मलको उत्पादन गरिने सहकारीको योजना छ ।

धान, गहु“, मकै र फलफूल खेतीलाई प्रवद्र्धन गरेर लाने सहकारीको लक्ष्य रहेको अध्यक्ष पौडेलल बताइन् । सहकारीको प्रशोधन कार्यक्रमअन्तर्गत स्थानीयस्तरमा उत्पादन हुने सामग्रीलाई प्रशोधन गर्ने धान, चिउरा, चामल तथा भुजा मिलको स्थापना गरिने छ ।

यस्तै तोरी तेल मिल, पानी उद्योग, मसाला बेसार, अदुवा, कुखुराको दाना उद्योग, दुग्ध उद्योग र फास्टफुडलगायत दर्जन योजना छन् । चतरा सहकारीले स्थानीय उत्पादनले सहजै बजार पाओस् भन्नका लागि जागृत चोकमा रहेको २ कट्ठा १३ धुर जग्गामा बजार इकाई स्थापना गर्न लागेको छ ।

बजार व्यवस्थापनका लागि आवश्यक गोदामघर, पसलको निर्माण ढुवानी साधनको व्यवस्था गरिनेछ ।

चतरा बहुउद्देश्यीयले व्यापारमात्र नभएर वराहक्षेत्रको धार्मिक पर्यटनलाई प्रवद्र्धन र विकास गर्न लागेको संस्थाका प्रमुख व्यवस्थापक बाबुराम दाहाल बताउ“छन् ।

‘वराहक्षेत्र नगरपालिका धार्मिक, कृषि तथा प्राकृतिक पर्यटनको ठूलो सम्भावना भएकाले हामीले छुट्टाछुट्टै प्याकेजमा प्रवद्र्धनका कार्यक्रम राखेका छौँ ।’ प्रबन्धक दाहालले भने ।

धार्मिक पर्यटनमा वराहक्षेत्र, चतराधाम, आदिवराह, सूर्यकुण्ड, भवानीथान, लट्टेनी थान, औलिया बाबा मठ, छिन्नमस्ता रामधुनीजस्ता स्थानीय धार्मिक स्थानको र विष्णुपादुकालगायतको पर्यटनमा लगानी गर्ने भएका छाैँ ।

यसैगरी वराहक्षेत्र नरगपालिकाभित्र रहेका कृषि तथा पशुपालन क्षेत्रको भ्रमण अवलोकन गर्न सकिने छ भने नगरपालिकामा रहेको सप्तकोशी नदीमा जलबिहारलगायत दर्शनीय पहाडहरू पर्यटकीय सम्भावनाले युक्त छन् ।

तर यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रबाट स्थानीयले अझै फाइदा लिन सकेको देखिँदैन । छिटपुछ रूपमा खोलिएका केही होटलबाहेक पर्यटकलाई अड्याउने त्यस्तो कुनै व्यवस्थित ‘मेकानिज्म’ देखिँदैन ।

यसका लागि सुविधा सम्पन्न सवारी साधन र गाइडको व्यवस्था, खाने बस्नेलगायत सुविधा भएको होटल लज खोलिने गरी व्यवस्थित पर्यटन व्यवसायमा चतरा बहुउद्देश्यीयले लगानी गर्ने भएको छ ।

‘विदेशबाट आउने गोरो छाला भएकालाईमात्र पर्यटक देख्ने हामीले वराह भगवान्को दर्शन गर्न कार्तिक महिनामा लाग्ने हरिबोधनी एकादशी मेलामा आउने छिमेकी भारतका धार्मिक पर्यटहरू लाखौको सङ्ख्यामा आउँछन् ।’ सहकारीका प्रबन्धक दाहालले भन्छन्, ‘यसैगरी चतराधाममा लाग्ने कुम्भ मेला, माघे मेलामा मकर नुहाउन देशकै विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाईमात्र पनि सेवासुविधा बढाउने र न्यानो वातावरण दिन सके वराहक्षेत्रको पर्यटन बढेर जाने निश्चत छ ।’ यसको फाइदा स्थानीयले नै पाउने छन् । उनीहरूको आयस्रोतको गतिलो माध्यमको लागि पर्यटनको भूमिका महत्वपूर्ण छ, यसबाट वराहक्षेत्रवासीले असिमित फाइदा लिने सक्ने दाहाल बताउँछन् ।

एक्लो सहकारीले मात्र यी सबै गर्न नसक्ने हु“दा करोडौं रकमको दीर्घकालीन परियोजनाअन्तर्गत कृषि सहकारी, पशुपालन फर्महरू, सरकारी तथा गैरसरकारी साझेदारहरूको आह्वान गरिएको छ भने यसमा बहुउद्देश्यीय सहकारीका शेयर सदस्यलाई समेत सहभागी गराइने अध्यक्ष सीता पौडेल बताउँछिन् ।

‘वराहक्षेत्रको आर्थिक समृद्धि र विकासको लागि हामीले ल्याएका दीर्घकालीन कार्ययोजनाकामा करोडांै रुपैया लाग्ने र एक्लो प्रयासले मात्र सम्भव नभएको हामीले अन्य सहकारीलाई साझेदारीमा काम गर्न बोलाएको छौं, केही त आइ पनि सके, वसन्तऋतु र हरिद्वार कृषि सहकारी हामीस“ग मिलेर काम गरिरहेका छन् ।’

अध्यक्ष पौडेलले भनिन् । देश नया“ संरचनामा गएअनुसार सहकारी ऐन पनि फेरबदल भएको छ । अहिलेको सहकारी ऐनअनुसार सहकारीहरूले संस्थामा हुने बचतको ७० प्रतिशत उत्पादन मुलक व्यवसायिक कार्यमा अनिवार्य लगाउनु पर्ने र शेयर सदस्यलाई स्वरोजगार बनाउनु पर्ने नियम लागु गरेको छ ।

यसले एकातिर बाध्यकारी अवस्था बनाइदिएको छ भने अर्कोतिर छरिएर रहेको पु“जीलाई एक गरेर परिचालन गरिने हो भने यसको फाइदा वराहक्षेत्रवासी सबैले उठाउन सक्ने देखिन्छ ।