१ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान टोली, प्रमाण नष्ट १० साउनमा निर्मलाको बलात्कार र हत्या भएको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान टोली खटाएको थियो । इन्स्पेक्टर एकिन्द्र खड्काको टोलीले डेढ सयभन्दा बढीलाई जिप्रकामै बोलाएर सोधपुछ ग(यो । जीवन घर्ती, दीपक नेगी, चक्र बडू, हेमन्ती भट्टलाई पक्राउ गरेर शारीरिक र मानसिक यातना दियो । तर, पकडमा आएका प्रमाण पनि नष्ट गर्दै गयो । खड्का निलम्बित छन् ।
२ सिआइबीका डिएसपी जिसीको निष्कर्ष स् अभियुक्त दिलीपसिंह विष्ट
सामाजिक आन्दोलन चर्किएपछि घटनाको चौथो दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली खटायो । टोलीले २५औँ दिनमा दिलीपसिंह विष्ट प्रक्राउ गरेर उनी नै अभियुक्त भएको निष्कर्ष निकाल्यो । ४ भदौमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरियो । तर, डिएनए मेल नखाएपछि विष्ट छुटे । तर, आफ्नो अनुसन्धानमा अझै पनि विश्वस्त रहेको डिएसपी जिसी बताउँछन् । उनी निलम्बनमा छन् ।
३ एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन जारी, एसपी सेवानिवृत्त प्रहरीले बलात्कारका दोषी पत्ता लगाउन सकेन, उल्टै प्रमाण नष्ट ग(यो भनेर आक्रोश बढेपछि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा छानबिन समिति बन्यो । सुवेदी त्यसवेला विदेशमा रहेकाले एआइजी धीरु बस्नेतलाई त्यसको जिम्मेवारी दिइयो । तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा अयोग्य हुने गरी सेवाबाट हटाउन सो टोलीले गरेको सिफारिसअनुसार गृहले दुवैलाई बिहीबार सेवाबाट बिदा गरेको छ । एआइजी बस्नेत आफूहरू छानबिनकै क्रममा रहेको बताउँछन् । ‘तथ्य परिपक्व भएपछि विवरण सार्वजनिक गर्नेछु,’ उनले भने ।
४ अनुसन्धानमा खटिएका ज्ञवालीको बढुवा, अख्तियारमा सरुवा सिआइबीको पहिलो टोली विवादमा फसेपछि तत्कालीन एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा अर्को टोली गठन भयो । सो टोली गठन भएको पनि करिब दुई महिना भइसकेको छ । ज्ञवाली बढुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । सो टोलीका डिएसपी कमल थापाको नेतृत्वको सिआइबी टोलीले अहिले पनि कञ्चनपुरमै बसेर अनुसन्धान गरिरहेको छ ।
५ एसपी दुर्गा सिंह नेतृत्वको टोली फिल्डमै, अनुसन्धान जारी महिला प्रहरीलाई स्थानीयले सूचना दिन सक्ने आकलन गरी एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो । उनको टिम कञ्चनपुरमै कार्यरत छ । दुर्गा भन्छिन्, ‘अनुसन्धानको क्रममा थप सूचना संकलनमा सक्रिय छौँ ।’
६ गृहका सहसचिव मैनालीको निष्कर्ष अनुसन्धान टोलीबाटै लापरबाही दिलीपसिंह विष्ट पक्राउ परेको भोलिपल्टदेखि स्थानीयले आन्दोलन सुरु गरे । आन्दोलन व्यापक हुँदै गएपछि प्रहरीले गोलीसमेत चलायो । त्यसपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन ग(यो । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १र१ जना डिआइजी र प्रदेश ७ का उपसचिव सदस्य थिए । समितिले एक महिनापछि प्रतिवेदन दियो । सोही आधारमा पाँच प्रहरी निलम्बन ग(यो । दबाबपछि समितिको प्रतिवेदनसमेत सार्वजनिक भयो । तर, प्रतिवेदनमा अभियुक्तबारे केही संकेत समेत दिन सकेन । जसकारण समितिको आलोचना भयो । समितिले बिशेष अनुसन्धान टोली बनाएर घटनाको अनुसन्धान गर्न सुझाव दिएको छ । आफूहरूलाई अपराधी पत्ता लगाउने भन्दा अनुसन्धानमा भएका गल्ती र बल प्रयोग घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी मन्त्रालयले दिएको समितिका संयोजक मैनाली बताउँछन् ।
७ बिशेष ब्यूरोको टोली पनि घटनास्थलमै तर अविश्वास प्रहरीमाथि नै अबिश्वास हुन थालेपछि प्रहरी प्रधान कार्यालयले बिशेष ब्यूरोको एक गोप्य टोली कञ्चनपुर पठायो । स्थानीय प्रहरीलाई समेत थाहा नदिइ सो टोलीले केही साता कञ्चनपुरमा बसेर सो प्रकरणको सूचना संकलन ग(यो । त्यो टोलीले पनि प्रहरीका कमजोरीबाहेक अनुसन्धानमा महत्वपूर्ण सूचना भेटाउन सकेन । प्रहरी अधिकारीको रुखो व्यवहारका कारण प्रहरीमाथि स्थानीयको विश्वास नभएको निष्कर्ष सो टोलीको छ ।
सिसिक्यामेराको फुटेज रिकभरमा सहयोग गर्न इन्टरपोललाई पत्राचार निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०को सहयोग मागेको छ । अनुसन्धानका प्राविधिक पक्षमा सहयोग गर्न प्रहरीले इन्टरपोल मुख्यालय पेरिसलाई इमेल लेखेको हो ।
निर्मलाको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरको ओपेरा होटेलमा केही युवतीको फोटोसुट गरेका थिए । स्थानीय बासिन्दाले निर्मला पनि त्यस दिन होटेलमा गएको हुन सक्ने आशंका गरेका छन् ।
तर, होटेलको सिसिक्यामेराको भिडियो १५ दिनपछि अटोमेटिक रूपमा डिलेट भएको छ । भिडियो रिकभर गर्न भारतीय विज्ञहरूको समेत सहयोग लिइयो । तर, प्रहरी असफल भयो । सोही भिडियो रिकभरीका लागि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो । इन्टरपोलमा यससम्बन्धी विज्ञ व्यक्ति हुन सक्ने भएकाले पत्राचार गरिएको कञ्चनपुरका एसपी कुवेर कठायतले बताए ।
थप दुई व्यक्तिको डिएनए परीक्षणको तयारी निर्मलाको योनीमा पुरुषको ‘स्पर्म’ भेटिएकाले त्यसको डिएनए परीक्षणबाट नै अपराधी पत्ता लाग्ने विश्वासमा प्रहरी छ । अहिले प्रहरी थप दुई शंकास्पद व्यक्तिको डिएनए परीक्षणको तयारीमा छ । उनीहरूसँग सोधपुछ भएको र हिरासतमा नराखि डिएनए परीक्षणको तयारी भइरहेको कञ्चनपुरका एक प्रहरी अधिकारीले बताए ।
यसअघि चक्र बडु, दिलिपिसिंह बिष्ट, सेवाबाट हटाइएका एसपी डिल्लिराज बिष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवा आयुष बिष्टको डिएनए परीक्षण गरिसकिएको छ । तर, पाँचै जनाको डिएनए निर्मलाको योनीमा भेटिएको विर्यसँग मेल नखाएको रिपोर्ट आयो । हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले भने डिएनएको नमुनामै आशंका व्यक्त गरेका छन् ।
बम दिदीबहिनीमाथि थप सोधपुछ करिब तीन साता प्रहरी हिरासतमा बसेर छुटेका अनिता९बबिता० बम र उनकी बहिनी रोशनीसँग प्रहरीले थप साधेपुछ गरेको छ । केही दिनअघि भएको सोधपुछमा उनीहरूबाट पहिलेभन्दा केही फरक जवाफ प्राप्त नभएको एसपी कठायतले बताए ।
बम दिदीबहिनीकै घरमा गएका बेला निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मला र रोशनी साथी हुन् । होमवर्क गर्नका लागि निर्मला उनीहरूको घरमा गएकी थिइन् । आफूहरूको घरबाट निर्मला करिब २ बजे निस्किएको उनीहरूले बताएका छन् । तर, निर्मलाका परिवारले उनीहरूको सहयोगमा बलात्कार भएको आरोप लगाउँदै आएका छन् ।
अनुसन्धान किन जटिल बन्यो ?
१ सुरुवाती लापरबाही सुरुवातमै घटनास्थलको सुरक्षामा प्रहरी चुक्नु अनुसन्धान जटिल बन्नुको मुख्य कारण हो । घटनास्थलका प्रमाणहरू प्रहरीले जोगाउन सकेन । बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा प्रहरीले तामिलप्राप्त कुकुरसमेत घटनास्थलमा लगेन । निर्मलाको कपडा पानीमा चोपलेर निर्मलाको गुप्ताङ प्रहरीले छोपेको थियो । जसले थप प्रमाण नष्ट भएको आशंका गरिएको छ । निर्मलाको कपडासमेत जलाइएकाले अनुसन्धानका आधारहरू प्रहरीले प्राप्त गर्न सकेको छैन ।
२ प्राविधिक पाटो पछिल्लो समय प्रहरीले मोबाइललाई अनुसन्धानको प्रमुख आधार बनाउने गरेको छ । तर, निर्मला प्रकरणमा यो सम्भव भएन । निर्मला मोबाइल बक्दिन थिइन् । घटना भएको समयमा सो क्षेत्रमा ‘एक्टिभ’ मोबाइलको तथ्याङ समेत निकालेर प्रहरीले विश्लेषण ग(यो । मोबाइल लोकेसनकै आधारमा विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेर समेत अनुसन्धान गरियो । तर, केही तथ्य खुलेन ।
‘कुनै पनि अभियुक्तले पक्राउ गर्दैमा अपराध स्वीकार गर्दैन, दुईरचार थप्पड लगाउनै पर्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘तर, अहिले थप्पड लगाउँदा प्रहरीकै जागिर जाने अवस्था छ, जसकारण अहिले अनुसन्धान गर्न निकै गाह्रो छ ।’
३ स्थानीयको असहयोग स्थानीय बासिन्दा प्रहरीसँग नकारात्मक भएपछि अनुसन्धानमा सहयोग पाउन सकेको छैन । ‘स्थानीयबाट सूचना पाउन नसकेकाले केही गाह्रो भएको छ,’ कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कठायतले भने । घटनास्थलमा प्रमाण नभेटिनु, प्राविधिक अनुसन्धान पनि सफल नहुनु र अर्कोतर्फ स्थानीयबाट समेत सूचना प्राप्त नहुँदा अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी रन्थनिएका छन् ।
एसपी र इन्सपेक्टरलाई सेवाबाट हटाइयो घटनाको अनुसन्धामा चरम लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले निलम्बनमा रहेका एसपी डिल्लिराज बिष्ट र जगदिश भट्टलाई प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार यस्तो निर्णय गरेका हुन् ।
चरम लापरबाही गरेको, गैर व्यवसायिक तथा गैरजिम्मेवार व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानूनी व्यवस्था समेतपालना नभएको, तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही गरेकाले सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयको बिज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्रहरू पानीमा चोपलेको तथा बस्त्र नै लोप भएको, गुप्ताङ्ग र तिघ्रा पखालेको आरोप उनीहरूमाथि छ । तत्काल नेपालमा नरहेका मृतकको बाबुको दस्तखत गराइएको, मृतकको शव अन्तेष्टि गर्न पीडित परिवारलाई प्रभाव, दबाब र धम्की दिइएको तथा आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको आरोपसमेत लगाइएको छ ।
सेवाबाट हटाउनुअघि उनीहरूलाई दुई पटक स्पष्टिकरणको मौका दिइएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछिसेवाबाट हटाइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
आफ्नो पदीय जिम्मेवारीमा लापरबाही गरी पुरा नगरेर सेवाबाटै हटाउन सक्ने व्यवस्था प्रहरी नियमावली २०७१ नियम ११३ को उपनियम १ मा छ । सेवाबाट हटाइएका इन्स्पेक्टर भट्टलाई प्रहरी गणभित्र राखिएको छ ।
दुवै अदालत जाने विष्ट र भट्ट भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त भएका हुन् । उनीहरूले जागिर गुमाएपनि पेन्सन पाउनेछन् । सेवाबाट हटाइएका दुवै प्रहरीले आफुहरूमाथि अन्याय भएको भन्दै अदालत जाने बताएका छन् । इन्चार्जका रुपमा उनीहरूलाई प्रमुख जिम्मेवार ठहर गरी सेवाबाट हटाउने निर्णय गरिएको हो । घटनाको बेला इन्सपेक्टर भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । अन्य प्रहरीको हकमा पनि विभागीय कारबाहीको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट