इटहरी / बुधबार इटहरीमा १४ बर्षिय एक बालिका बलात्कृत भएकी छिन् । वालिका बलात्कार गरेको आरोपमा २६ बर्षिय नबिन बिक पक्राउ परेका छन् । तिहारको लागी देउसी भैलो खेल्न नाचगान सिकाउने वहानामा बिकले बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । स्थानिय तथा परिवारले बिकलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । बिकले बालबालिकाहरुलाई भेला गरि देउसी भैलाका लागि नाचगान सिकउदै आएका थिए । बुधबार बिकले ती बालिकालाई गफ गर्नु छ भन्दै बुढी खोलाको किनारमा लगेर जवरजस्ती करणी गरेको बालिकाका परिवारले जानकारी दिएका छन् । बालिका चिच्याएको आवाज आएपछि स्थानियले बिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । । बिकलाई बिहिबार म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए ।