राजविराज/ अज्ञात रोगबाट दुईजना बालकको मृत्यु भएको छ । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर–७ का ६ वर्षीय कृषजंग कटुवाल र वडा नम्बर–५ का १३ वर्षीय कृष्णा सदाको मृत्यु भएको हो ।
एक सातादेखि दुबै बालकउच्च ज्वरो, बान्ता आउने र टाउको दुख्ने समस्याले ग्रसित थिए । कटुवालको कात्तिक ६ र सदाको ७ गते मृत्यु भएको थियाे ।
एक महिनाअघि ‘स्वाइन फ्लु’बाट मृत्यु भएकाहरुकोजस्तै लक्षण देखिएर दुबै बालकको मृत्यु भएको भन्दै स्वाइन फ्लुको त्रास बढेको छ ।