दमक / झापाको गौरीगञ्ज रहेको स्वास्थ्य केन्द्रमा पनि प्रसुती सेवा उपलब्ध छ । तर यो कुरा गौरिगन्जबासी अधिकाशंंलाई थाह छैन । वा कम विस्वास भएका कारण स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा लिनेको संख्या अत्यन्तै कम छ । यो गौरिगञ्ज ६ स्थित खजुरगाछिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हो । यहाँ एमबिबिएस डांक्टर देखि एच ए सम्म कर्मचारी छन् । स्वास्थ्य केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने सबै तहका प्राबिधिक तथा चिकित्सकहरु छन् । ८ जनाको सरकारी दरबन्दी रहेको भए पनि बाँकी करार तथा स्थानीय सरकार मार्फत नियुक्ति भएका कर्मचारी गरि अहिले १३ जना कर्मचारी कार्यरत छन् । यहाँ प्रसुती सेवा सुरु भएको ३ वर्ष भएपनि सेवा लिन आउने तथा यहि स्वास्थ्य केन्द्रमा प्रसुती गराउनेको संख्या भने अत्यन्तै न्यून रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा यस स्वास्य केन्द्रमा ४०७ जना प्रसुतीका बिरामी चेकजाँजका लागि आएकोमा प्रोटोकल चेकजाँजका लागि ३० जना मात्र आएको र स्वास्थ केन्द्रमानै ४ जनाले मात्र प्रसुती गराएको तथ्याकं छ । त्यसै गरि आर्थिक वर्ष २०७३/७४ मा नियमीत गर्ववती परिक्षण गराउन आउने २ सय २८ जना रहेको मद्ये प्रोटोकल चेकजाँजका लागी २६ जना आएको र प्रसुती सेवा भने ९ जनाले मात्र लिएका छन् । आर्थिक वर्ष २०७४/ ७५ मा भने यो संख्या केहि मात्राले बृद्धि भएको तथ्याकं छ । उक्त आर्थिक वर्षमा नियमित गर्भवती परिक्षण गराउन आउनेको संख्या ३ सय ७७ रहेको र प्राटोकल चेकजाँजका लागि ९४ जना आएको साथै स्वास्थ्य केन्द्रमै १३ जनाले प्रसुती सेवा लिएको तथ्याकं केन्द्रले दिएको छ । चालु आर्थिक वर्षको तिन महिनाको तथ्याकंमा १३ जनाले प्रसुती सेवा लिएका छन् । जुन अनुपातमा यहाँबाट प्रसुतीको सेवा प्रवाह हुनु पर्ने हो त्यो अनुपातमा नभएको स्वास्थ्य केन्द्रले स्विकार गरेको छ । स्वास्थ्य केन्द्रकी चिकित्सक डां बिद्या पोखरेलले यहाँबाट पनि प्रसुती सेवा उपलब्ध छ भन्ने कुराका थाह नपाएर प्रसुती सेवाका लागि गौरिगन्ज बाहिर जाने गरेको बताइन । अहिले गाँउगाउँमा जाने स्वास्स्थ स्वेमसेवीकाहरुले स्वास्थ्य केन्द्रमै प्रसुती सेवा सुरु भएकोबारेमा जानकारी गराँन थालेपछि भने प्रसुती सेवा लिन आउनेको अनुपात बढदै गईरहेको डां पोखरेलको भनाई छ ।