धरान / इनरुवा नगरपालिकाका सडक विस्तारका क्रममा मेयर राजन मेहताले मनोमानी गरेको भन्दै स्थानिय विरोधमा उत्रिएका छन् ।  निर्माणाधिन स्मार्टसिटी परियोजना अन्र्तगतको सडक –ढल निर्माण क्रममा मेयर राजन मेहताले आफ्नो नजिकका मानिसको घर जोगाएको र अरुको घर भत्काएको उनीहरुको आरोप छ । मेहताको विरुद्धमा सुनसरी जिल्ला अदालत इनरुवामा अवहेलना सम्वन्धि मुद्दा समेत दायर भएको छ ।  मेहतालाई विपक्षी बनाई बालिका लम्सालले वारेसमार्फत मेयर मेहताविरुद्ध शुक्रवार अदालतको अवहेलना मुद्दा दायर गराएकी छन् । निवेदनमा नगर प्रमुख मेहतासहित इनरुवा नगरपालिकाको कार्यालय, चिरञ्जिवी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल र सव इन्जिनियर रामु चौधरीलाई विपक्षी बनाइएको छ । बस्नेत नेपाली का्रङग्रेसको नेता तथा जिल्ला समन्वय समितिका सदस्य हुन । पहुचबालको घर नभत्काएर बाटो आफ्नोतिर बढि लगिएको दिनेश थापाको आरोप छ । भनाई छ ।  शनिबार बिहान जागरुक इनरुवा नगरबासीको नाममा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्मार्टसिटी परियोजना अन्तर्गत भईरहेको विकास निर्माण कार्य, नगरपालिकाभित्र भईरहेको अनियमितता र भ्रष्टाचारका सम्बन्धमा भनेर बोलाइएको कार्यक्रममा मेयरको चर्को विरोध गरिएको थियो । मेयरको विरुद्धको कार्यक्रममा एउटै पार्टीकी उपमेयर जमुनादेवि पोखरेल पनि सहभागी थिईन । मेहता र पोखरेल दुवै नेपाली काङ्ग्रेसबाट चुनाव जितेका हुन । सडक विस्तारका क्रममा इनरुवा १ स्थित मुख्य बजारमा रहेको चिरञ्जीवी बस्नेतको घर र अस्पताल गेटछेउमा रहेको योगेन्द्र मेहताको घर नभत्काईएको र सोही लाइनमा भएका अन्यको घर भत्काइएको कार्यक्रममा बताएका थिए । यता मेयर मेहताले यो सडक विस्तार आयोजना शहरी विकासको भएकाले नगरपालिकाको हात नरहेको उनको भनाई छ । मर्का जो जस्लाई परेको छ त्यसको नैतिक जिम्मेवारी भने आफु लिन्छु ।’–उनले भने –‘पीडितहरूको मागको सुनुवाइ पनि गर्छु ।’ उनकै विरुद्धमा गरेको कार्यक्रममा पुगेर सम्बोधन समेत गरेका थिए ।