पाँचथर/ १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १३४ औं जन्मजयन्ती कार्तिक २५ गते आइतबार सदरमुकाम फिदिममा भव्य रूपले मनाइने भएको छ ।

शनिबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा जन्मजयन्ती समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ ।

समारोहमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसँगै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूको सहभागिता रहने बताइएको छ । त्यस्तै वर्तमान किरात धर्मगुरु लिङदेन आत्मनन्द सेइङ र गुरुआमा साँवा पवित्राहाङमा लिङदेनको आगमन हुनुका साथै आशीर्वचनसमेत रहने किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष तथा १३४ औं जन्मजयन्ती मूल आयोजक समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

समारोहमा नेपालका विभिन्न जिल्लासँगै अमेरिका, अष्ट्रेलिया, युके, हङकङ, बर्मा, भारत र भुटानबाट हजारौंको सङ्ख्यामा भक्तजनको सहभागिता रहने पनि अध्यक्ष थेगिमले बताए ।

सोही अवसरमा फिदिम–१, शनिबारेमा निर्मित १२ फिट ८ इञ्च लामो र फिदिम–४ गढीस्थित मेची इङलिस बोर्डिङ स्कुल परिसरमा निर्मित ७ फिट अग्लो फाल्गुनन्दको शालिकको पनि अनावरण गरिने बताइएको छ ।

शनिबारेमा निर्मित शालिक फिदिम नगरपालिकाको दश लाख लगानी र किरात धर्म तथा साहित्य उत्थान सङ्घको संयोजनमा सङ्कलन गरिएको २५ लाख गरी ३५ लाख लगानीमा तयार गरिएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ पाँचथरका सचिव सुवास तुम्बापोले बताए ।

त्यस्तै गढीमा निर्माण गरिएको शालिक भने मेच  इङ्लिस बोर्डिङ स्कुलको करिब १५ लाख लगानीमा निर्माण गरिएको विद्यालयकी प्रिन्सिपल सीता सेलिङ तुम्बाहाम्फेले बताइन् ।

किरात समाज सुधारको क्षेत्रमा फाल्गुनन्दले पुर्याएको योगदानको स्मरण गर्दै उनले अवलम्बन गरेको विश्व शान्ति र मानव एकताको सन्देशलाई विश्वभर प्रवाह गर्न दिवश भव्य रूपमा मनाउन लागिएको प्रचार– प्रसार उपसमिति संयोजक सेसेहाङ फियाकले बताए ।

समारोहलाई भव्य बनाउन किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष थेगिमको अध्यक्षतामा किरात धर्मजन्य तथा विभिन्न सामाजिक सङ्घ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि  दरभाउपत्र खरिद गरी पेश गर्नेबारेको सूचना प्रथम पटक सूचना प्रकाशित मिति:२०७५/०७/११ यस कार्यालयलाई आवश्यक विभिन्न सर्भे सामाग्री खरिद गर्नुपर्ने भएकोले सो सम्बन्धी शिलबन्दी दरभाउपत्रको आव्हानको विस्तृत सूचना यस कार्यालय, जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय, पाँचथरको सूचना पाटीमा टाँसेर राखिएको छ ।

प्रचलित नेपाल कानून बमोजिम योग्यता पुगेका इच्छुक उत्पादक कम्पनी तथा अधिकृत विक्रेता/सप्लायर्स फर्महरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा दरभाउपत्र खरिद गरि पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । निम्न : याङवरक गाउ“पालिका गाँउ कार्यपालिकाको कार्यालय मेदिबुङ, थर्पु, पाँचथर आबद्ध १३४ सदस्यीय मूल समारोह समिति बनाइएको फियाकले बताए ।

सत्य, निष्ठा र अहिंसाका पर्याय फाल्गुनन्दको जन्म वि.सं.१९४२ साल कार्तिक २५ गते आइतबारका दिन इलामको माङसेबुङ नगरपालिका – २ चुक्चिनाम्बामा बाबु जगुनवाज (अंशुवन्त) र आमा हंशमतिको कोखबाट भएको थियो ।

वि.सं.२००५ साल चैत २२ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ हाङयकमा देहत्याग गरेका फाल्गुनन्दको समाधि पाँचथरकै फिदिम–३, सिलौटीमा रहेको छ ।

किरात धर्म, दर्शनको पुनरुत्थान गर्न तथा विकृति र विसङ्गतिले जेलिएको तत्कालीन किरात समाज सुधारमा जीवन अर्पण गरेका फाल्गुनन्दलाई नेपाल सरकारले वि.सं.२०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।