धनकुटा/ धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सार्वजानिक सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुलाई सरकारले तोकेको भन्दाबढी भाडा लिने व्यावसायी वा बुकिङ्ग काउण्टरहरुलाई ठाउँको ठाउँ प्रहरीले कारबाहीमा बताएका छन् ।
धनकुटाबाट छुट्ने लामो दुरीका सार्वाजानिक सवारी साधनहरुले यात्रुहरुसँग बढी गाडी भाडा लिएको जनगुनासो विभिन्न संचार माध्याममाआई रहेको बेला प्रजिअ कार्कीले सनिबार ब्लाष्ट टाईम्ससँगको कुराकानीको क्रममा यस्तो बताएका हुन् ।
उनले दशैं अघि नै प्रहरी प्रशासन, टूाफिक प्रहरी र यातयात व्यावसायी जिल्ला प्रशासन कार्यालय धनकुटाका सरकारले तोकेको भन्दा बढी भाडा नलिने भन्ने सरोकारवालाहरुसँग वसेर लिखित रुपमा निर्णय भएको बताए ।
तोकिएको दर रेट भन्दा बढी भाडा लिएको कोही कसैवाट गुनासो आएमा वा स्वत स्फुर्त रुपमा टूाफिक प्रहरीलाई यात्रुहरुले जानकारी गराएमा जुनसुकै बेला चेक जाँचगर्ने गरी जिम्मेवार दिएको बताए ।
प्रजिअ कार्कीले सार्वजानिक सवारी साधनहरुले यात्रुहरुसँग बढी भाडा लिएको टिकट सहित वा विना टिकट पनि तोकिएको भन्दा बढी भाडा लिएको भेटिए वाउजुरी गरेको खण्डमा तुरुन्त ठाउँको ठाउँ कार्वाही हुने बताएका छन् ।
यताबुकिङ्ग काउण्टरमा कार्यरत विभिन्न यातयात कम्पनीसँग आवद्ध कर्मचारी एवं व्यावसायीहरुले भने तोकिएको भन्दा बढी भाडा नलिएको जिकिर गर्दै आएका छन् ।