उदयपुर/उदयपुरको चौदण्डीगढी नगरपालिकाको पहरे खोलाको भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं ४ मगरडाँडा निवासी २३ वर्षीय बबिता रोक्का सार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
सार्कीले मादक पदार्थ सेवन गरी बिहीबार दिउँसो ४ बजेतिर घरबाट हिंडी घर नर्फकेपछि आफन्तले खोजतलास गर्ने क्रममा शुक्रबार १२ः३० बजे खोलामा मृतक अवस्थामा शव फेला पारेको प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पहरे खोलाको करिब ६० मिटर माथि भिरबाट लडेर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सार्कीको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलटार लगिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।