रङ्गेली / समाजमा बढेको अपराध न्युनिकरण गर्न प्रदेश १ प्रहरीले पनि जनतासँग सहकार्य गर्ने भएको छ । एक नम्वर प्रदेशका जनतासँगको सहकार्यमा नेपाल प्रहरीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम आइतबारदेखि संचालनमा ल्याएको हो ।  एक नम्वर प्रदेशका १ सय ३७ स्थानीय तहसँगको सहकार्यमा शान्ति सुरक्षा थप सुदृढ वनाउने प्रभावकारी बनाउन साझेदारी कार्यक्रम सुरु गरिएको हो ।  सामुदायिक प्रहरी कार्यक्रमको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार विराटनागरमा उद्घाटन गरेका थिए । सो अवसरमा मुख्य मन्त्री शेरधन राइले साझेदरी कार्यक्रमले प्रहरीलाई जनताको घरदैलोमा पुग्ने मात्र नभएर जनताको साझा साथी बनाउन सहयोग पुग्ने बताए । उनले सरकारको योजना प्रदेश १ लाई भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउने लक्ष्यकासाथ समुदायीक प्रहरी साझेदारी कार्यक्रम ल्याएको वताए । त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले समाज सांगठीत अपराधबाट आक्रात भएको यस अवस्थामा जनता संगठीत हुनु पर्ने औल्याए । उनले सुरक्षा निकायलाई चुस्त दुरुस्त राख्न प्रदेश सरकार लागीरहेको बताए । जनताको माग अनुसार प्रदेश १ मा २ सय प्रहरी चौकी आवश्यक रहेको उनले बताए । प्रभावकारी सुरक्षाका लागी प्रदेश १ मा २० हजार प्रहरी आवश्यक रहेको बताए । सामजिक विकास मन्त्री जिवन घिमीरेले कार्यक्रमले जनता र प्रहरी विचको दुर घटाउने बताए । सो अवसरमा नेपाल प्रहरीले तयार पारेको साझेदारी पत्रमा स्थानीय तहका प्रमुख र मोरङ प्रहरी प्रमुख मनोज केसीले हस्ताक्षर गरेका छन् । उर्लाबारी नगरपालिकाका मेयर खडग फागो, रतुवामाई नगरपालिकाका मेयर रविन राई, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, सुनवर्सि नगरपालिकाका मेयर कालिप्रसाद दास, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहलगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । योसँगै प्रदेश  १ अन्तर्गतका १ सय ३७ स्थानीय तहमा कार्यक्रम संचालनमा आएको छ । कार्यक्रममां प्रदेश १ प्रहरीका प्रमुख केदार रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणबारे जनाकारी गराए ।