बलबहादुरजी लाई गाडिले हिर्काएर खुट्टा भाचिएको छ ।
त्यो अप्रेशन गर्नु पर्ने भएकाले त्यसका लागि केहि दिन देखी अस्पतालसँग दैनिक सम्पर्क गर्दै थिए । त्यहि सन्दर्भमा मैले एकजना डाक्टरसँग सम्पर्क गरेर त्यो खुट्टाको अप्रेशन गर्ने बारेमा कुरा गरे ।
डाक्टरले सुगर ठिक ठाँउमा आएमा अप्रेशन गर्ने भनेका थिए ।
मैले डाक्टर साहेब तपाईले न्युज ट्वान्टीफोर को रिपोट हेर्नु भयो ? उता डाक्टरले भने- हेरिनत के थियो ? मैले उनलाई भने । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिषठानका बारेमा थियो ।
फेरी डाक्टरले सोधे, त्यहाँ के थियो ? मैले भने त्यहाँ कति दिन देखि बिरामीले गराएको परिक्षणको रिपोट आएको छैन । त्यहाँ परिक्षणका लागि चाहिने सामग्री छैन भनेर पन्साइन्छ ।
त्यस्तै कुपन पनि बिहान ८ बजे देखि ९ बजेसम्ममा वितरण भैसक्यो अब भोली आउनुहोला भनिन्छ । टाढा टाढाबाट आएका बिरामी त्यसै रित्तो हात फर्किएका छन् ।
त्यस्तै कतिलाई त अप्रेशनको समय दिएर अप्रेशन नगरी टाइम सार्ने गरिन्छ । कति मानिसले भने प्रतिष्ठानका कर्मचारीले कुपन लिएर आफन्तलाई दिने गर्छन् ।
त्यस्तै सामान्य नागरिक लाइनमा बसिरहेका हुन्छन् । बीपीमा काम गर्ने कर्मचारी आएर हामी यहाँको स्टाफ भनेर सामान्य नागरिकले लाइनमा पर्खिरहनु पर्छ भनेर त्यहाँको प्रतिवेदन बुझाएको थियो ।
त्यो विवरण सहित डाइरेक्टरलाई समेत प्रश्न सोधेको थियो । अरु पनि थप केहि भन्यो ? डाक्टरको प्रश्न थियो । हो । रवि लामिछानेले भुमिकामा भनेका थिए ।
बीपी प्रतिष्ठान भनेको नेपालको सबै भन्दा उपकरण यूक्त पहिलो अस्पताल हो । यहाँ सबै डिर्पाटमेन छन् । त्यस्तै उपकरण त्यतिनै छन् ।
यो एसीयाकै एउटा नमुना हस्पिटल हो भनिएको छ । तर यहाँ यति धेरै अनियमितता छ, कि पेइङमा भन्ने बितिकै, डक्टरहरु पनि हाजिर हुन्छन् तर सामान्य जाँच गर्नुपर्यो भने कति लामो समय लाग्छ ।
आउटडोरबाट जाने बिमारीले ठुलै सास्ति व्यहोर्नु पर्छ । अहिले यो अस्पताल भद्रगोलको नमुना बन्दै छ भनेका थिए भनेर डक्टरलाई मैले भने ।
मेरो भनाईको प्रतिउत्तरमा डक्टरको पहिलो सन्दर्भ थियो, ओमजी यो अस्पताल राजनीति गर्ने थलो भएको छ । यो अस्पतालका कर्मचारी यहाँ राजनीति गर्न आएका छन् ।
यिनीहरुले आफ्नो पेशालाई मर्यादित बनाउने होइन, यहाँ बिरामीको हेरचाह गर्ने होइन आफ्नो स्वार्थ कसरी पुरा हुन्छ त्यसलाई ध्यानमा राखेर काम गर्छन् ।
अनि यो सब नभए के हुन्छ । यहाँको व्यवस्थापनले राम्रो गरेको भए अहिले सम्ममा साच्चिकै एसियाकै नमुना हस्पिटल बन्ने थियो तर सबैले यहाँ आएर राजनीति गरे, सबैले यहाँ आएपछि हस्पिटलाई आफ्नो स्वार्थमा कुदाए ।
अब यो अस्पताल छिटै जनकपुर चुरोट कारखाना जस्तो भएर बन्द हुन्छ । जनकपुर चुरोट कारखाना एउटा नेपालको नमुना चुरोट कारखाना थियो ।
त्यसले एकताल नेपाललाई अरबौ कर तिर्यो । थुप्रै किसानले सुर्ति खेतिबाट लाभ उठाए । जनकपुर चुरोट कारखानाले उत्पादन गरेको चुरोटले देश भरिका चुरोट सेवन गर्नेलाई सेवन गर्न पुर्यायो ।
त्यो बेला व्यापारीले समेत फाइदा लिए । तर बिस्तारै त्यो कारखाना एउटा यस्तो थलो बन्यो । सरकार फेरियो चुरोट कारखाना सम्बन्धी ज्ञान भएका मानिस होइन आफ्नो मानिसलाई ल्याएर जी.एम बनाइयो ।
उसले ४ जना मन्त्रीका मानिस, ४ जना आफ्ना मानिस, ५ जना प्रधानमन्त्रीका मानिस राखिदिनु पर्ने । अनि उनीहरु कसैले काम गर्नै नपर्ने ।
उनिहरुलाई कसैले काम लगाउन पनि नसक्ने । जस्ले काम लगाउन अगाडी सर्छ भोली उसैको जागीर जाने खतरा खतराको सिर्जना भयो ।
मौका परे उनिहरुले दैनिक ५/६ वट्टाका दरले चुरोट लिएर हिड्न थाले ।
यसरी जनकपुर चुरोट कारखानालाई अन्त्यमा सिध्याएर छाडे । आज त्यो कारखाना सरकारका मन्त्री बस्ने घर भएको छ ।
त्यो नमुना भनिएको चुरोट कारखाना यसरी सिद्धियो यस्मा न नागरिकको चिन्ता रह्यो, न त राज्यको नै । सबैलाई मस्ती भयो । आखिर त्यहाँबाट ५ खालका व्यक्तिको रोजगारी गुम्यो ।
पहिलो, सुर्ति उत्पादक किसानको, दोस्रो, त्यहाँ काम गर्ने हजारौँ कामदारको, तेस्रो त्यहाँबाट व्यवसाय गर्ने व्यापारीको, चौथो, त्यहाँ वरिपरि व्यापार गरेर बस्ने व्यापारीको, पाँचौ, त्यहाँका कामदार कर्मचारीले प्रयोग गर्ने घरभाडामा बस्नेहरुको भाडा यसरी एउटा कारखाना बन्द हुदाँ देशले र देशका नागरिकलाई ठुलो घाटा व्यहोर्नु पर्यो ।
आखिर त्यहाँ सरकारले राम्रो मानिसलाई होइन आफ्नो मानिसलाई पठाए पछि यस्तो भएको हो ।
मैले डक्टरले भनेपछि फेरि डक्टर साहेब अब यो त हाम्रो पूर्वाञ्चलको गौरव हो । हाम्रो मुलुकको नमुना अस्पताल हो यसलाई कसरी व्यवस्थित गर्ने ?
यसका बारेमा चिन्ता लिनुपर्ने हामीले होइन र ? हामी सबै मिलेर अब केहि गर्नुपर्छ । फेरि डक्टरको कुरा थियो । तपाई हामिले के गर्न सक्छौँ ? यहाँ यस्ता मानिस छन्, यी कसैलाई छुन सकिदैन ।
यहाँ कति दिन नआएर पनि त्यो सबैदिनकोे हाजिर गर्नेहरु छन् । रात्रीको डिउटी गर्नेहरु कोही कोही आउछन बाकीँ आउदैनन् ।
यहाँ कसैले कसैलाई टेर्दैन । यहाँको सिस्टम सारै बिग्रीयो । अब यो सप्रिदैन । डक्टरको भनाइ थियो । त्यसपछि फेरि मैले भने- केही न केही उपाय त पक्कै होलानि ?
डक्टर सायबले भने- यहाँ राम्रो मानिस कोहि ल्याउन चाँहदैन् । राम्रो मानिस ल्याएर यहाँका धेरै मानिसलाई कटौति गरेर यहाँका काम नलाग्ने मानिसलाई हटाइदिनुपर्छ ।
अलिक लामो समय सम्म लगाएर इमान्दारिता पुर्वक काम गर्ने हो भने आशा गर्न सकिन्छ । तर अब यहाँका मानिसले यस्लाई बनाउदैनन् सिध्याउछन् मात्र ।
अनि डक्टर साहब आज फेरि अर्को समाचार आएको छ ।
अहिलेको भि.सि लाई पनि २४ घण्टे अल्टीमेटम सोधे पछि उनि त बिदामा बसेछन् । यसरी मैले ती डक्टरसँग कुरा गरे ।
ति डक्टरले बडो गम्भिर भएर यत्रो ठुलो अस्पताल एकदिन खण्डहरमा परिणत हुने अवस्थाको सिर्जना हुनेछ । यहाँ यति धेरै उपकरण छन् ।
केहि नचलाएर थन्किएको अवस्थामा छन् । कोहि चलाउने मानिस नभएर थन्किएका छन् ।
पुराना बुढापाकाले भन्ने गर्थे, माल पाएर के गर्नु चाल नपाएपछि यहाँ यतिबेला यस्तै भएको छ । यति बेला बाँदरका हातमा नरिवल जस्तैे भयो ।
यहाँ यति धेरै उपकरण छन् तर यहाँ आएका बिरामीले बाहिर गएर परिक्षण गराउनु पर्छ । बाहिरबाट परिक्षण गराएर ल्याएको भएन भनि दिन्छन् ।
यहाँ यस्तै बेथीतिले डाँडा काटेको छ । अहिले यहाँका राम्रा डक्टरहरुले नै यसो भने पछि साच्चिनै त्यो के भएको होला ? त्यस्को हालत के भएको होला ?
ति डक्टरले भनेको सुनेपछि साच्चिनै मैले सम्झिए यो देशमा अरुले राम्रो राम्रो कुरा बनाई दिएका छन् । हामीसँग पौरख गर्ने हातहरु हाम्रा भएनन् ।
हामीसँग खाली गफ गर्ने मुख मात्रै भए । काम गर्ने हात मात्रै पनि भएको भए यस्तो हुने थिएन । हामी केहि साथी मिलेर एकदिन यो बीपी प्रतिषठानलाई नेपालको नमुना अस्पताल बनाउनुपर्छ ।
यो हस्पिटल बनेपछि यताबाट औषधी गर्नका लागि मात्रै काठमाण्डौ जाँनु पर्ने धेरै मानिसको यात्रा छोटिने थियो भनेर हामीले यसलाई नमुना बनाउने के-के उपाय हुन त्यसबारे छलफल गर्दै थियौँ ।
तर त्यहाँ भित्रकै डक्टरहरुले यसो भनि रहदा सााँच्चिनै अहिले यो बाँदरका हातमा नरिवल भएको त होइन ? भन्ने प्रश्न उब्जिएको छ ।
अहिलेसम्म नेपालको इतिहासलाई हेर्दा यस्तो लाग्छ र यो मुलुकमा सरकारी लगानी भएका र अरुले बनाइदिएका कुनै पनि कल कारखाना, अस्पताल, विद्यालय केहि पनि लगानी अनुसारको प्रतिफल दिएको पाइँदैन ।
मात्रै यस्ता कल कारखानाले देशको सत्तामा बस्ने केहि मानिसहरुलाई ठुलो फाइदा भएको देखिन्छ ।
जुन कारखाना बिदेशीले बनाइदिए ति आज निजि व्यत्तिलाई बिक्री गरि दिए । कतिका सामान नपाएर थन्क्याइ राखिएका छन् ।
यस्का थुप्रै उदाहरण पेश गर्न सकिन्छ । जस्तै बुटवल पावर कम्पनी, बुटवल धागो कम्पनी, भृकुटी कागज कारखाना, हेटौँडा कपडा उधोग, कृषि औजार कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, विराटनगर जुट मिल सबै भन्दा पछाडी बन्द भएका कारखाना हुन् ।
यसरी राज्यको लगानी भएका यि कारखाना, अर्काको अनुदान स्वरुप बनाई दिएका कारखानाहरु हन् । यि सबै अहिले खिया परेको फलाम भन्दा फरक छैनन् । जब मैले पछिल्लो पल्ट यो डक्टरको कुरा सुने त्यसपछि मलाई लाग्यो ।
साँच्चिनै हामी अहिले के गरिरहेका छौँ ?
अब पनि बीपी प्रतिषठान जस्ता दैनिक जनताका सरोकारका ठाँउहरु जनताबाट अलग भएका छन् । जनताले धेरै अधिकार पाए भन्दै गर्दा आज यत्रो ठुलो संस्थान यसरी धारासायी बन्दै छ ।
हाम्रो जीवनदाता भनेर मानिएको त्यो ठाँउ जहाँ एक दिनमा ३५ सय बिरामीको जाँच गरि उपचार गर्न सक्ने क्षमता भएको त्यो अस्पतालमा ९ सय देखि १ हजार बिरामी पुग्ने बित्तिकै कुपन बन्द हुन्छ ।
आफ्ना र आफुना लागि भने जति बेला पुगे पनि केहि फरक पर्दैन । ३५ सय नाघेपछि पनि कुपन पाइन्छ । यहाँ स्टाफको नाममा आफन्तको कुपन राख्न अरुको हटाएर आफ्नो राखि दिने गर्छन् ।
यस्तो भएपछि अस्पतालले जनताको लागि कति सेवा प्रवाह गर्न सक्छ ?
बीपी प्रतिषठान भनेको जनताको सेवाका लागि छिमेकी मित्र राष्ट्रले बनाईदिएको शिक्षण अस्पताल हो । नेपाल सरकारले र नेपाली जनता अझै पुर्वाञ्चलका जनताले पाएको यो गौरव हो ।
यो अस्पतालले पूर्वी नेपालका मात्रै होइन उत्तर पूर्वी भारतका र नेपालका जनताले सेवा पाउनु पर्ने थियो तर अहिले त सुनसरी मोरङ, झापा, धनकुटा, भोजपुरका जनतालाई समेत राम्रो सेवा दिन सकेको छैन् ।
यो अस्पताल पहिलो धरान नगरबासीको गौरव हो भने धरानबासीले यो अस्पताललाई अब साँच्चिनै खण्डर हुनबाट जोगाउने पहिलो जिम्मा तपाईहरुको हो ।
यदि यो हस्पिटल साँच्चिकै चरोट कारखाना जस्तै भएर बिग्रीयो भने पहिलो औँला तपाईहरु माथी उठ्नेछ । पहिलो प्रश्न तपाईहरु माथी ठडीनेछ । त्यो बेलामा प्रश्न गरिनेछ ।
धरानका नागरिक हो तपाईहरुले के हेरेर बस्नुभयो ? यो तपाइहरुको गौरव यसरी धारासाही हुँदा भनेर ।
त्यसपछि प्रदेश १ का नागरिक प्रदेशको सरकार तिम्रो अगाडीको त्यो अस्पताल तिमीहरुले किन यसरी भत्किन दिएको ? तिमिहरुको दायित्व होइन यसलाई हेर्ने ।
अनि यसलाई राम्रो र एसियाकै नमुना अस्पताल बनाउने यहाँका जनता सबैले यस्को जिम्मेवारी लिनुपर्छ ।
अब संघिय सरकार यस्मा संघिय सरकारको जिम्मेवारीबाट भाग्ने ठाँउनै छैन् ।
यो अस्पतालको पहिले यसलाई नियन्त्रण गर्ने जिम्मा लिनै पर्छ । तपाई कुलपति भएको यो अस्पतालको यो दुरगति भएको कसरी टुलु-टुलु हेरि रहन सक्नु भएको ?
तपाइलाई प्रश्न छ ।
तपाई कुलपति मात्रै होइन, यो देशको प्रधानमन्त्री तपाईको जिम्मा जनताको स्वास्थ्य पनि हो । बीपी प्रतिषठान जस्ता अस्पताल त्यहाँको व्यवस्थापन जो एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई सिध्याउन लागेका छन् ।
त्यस्ता कर्मचारीलाई कहिलेसम्म त्यहाँ दाँई गरि रहन दिने हो ? अनि धरानका नगरबासिले त्यो दाईको रमिते भएर कहिले सम्म बस्ने हो ।
प्रदेशका नागरिक, संघिय सरकार र सम्पूर्ण देशभरिका नागरिक मिलेर कामकाजी टिमको निर्माण गर्ने काम थाल्नु पर्छ ।
नत्र साँच्चिनै ति डाक्टरले भने जस्तै बीपी प्रतिषठान अब छिट्टै जनकपुर चुरोट कारखाना जस्तै समाप्त हुनेछ ।