दमक/दमकका चारवटा लायन्स क्लबको पदहस्तान्तरण कार्यक्रम आइतबार दमकमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ दमक बेलसिटी, लायन्स क्लब अफ दमक स्टनलायन, लायन्स क्लब अफ दमक ग्रिनसिटी र लायन्स क्लब अफ दमक सेविकाको पदहस्तान्तरण सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गर्भनर अनन्राज भेट्टवालले बेलसिटीका अध्यक्ष प्रकास प्रसाई, स्टनलायनका अध्यक्ष बिमल शर्मा, ग्रिनसिटीका अध्यक्ष देवेन्द्र भट्टराई र सेविकाकी अध्यक्ष रेगिना भट्टराईलाई ब्याज तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बेलसिटीका अध्यक्ष प्रसाईले लायन्स क्लवको अयोजनामा दमक चौकमा महिलाका लागि स्तनपान कक्ष र सेनटरी प्याड कक्ष सञ्चालन गरिने बताए ।

दमक उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा उक्त स्तनपान कक्ष सञ्चालन गरिने भएको हो । स्तनपान कक्षकालागि ओम शान्ति टेन्टलले एक बर्षका लागि कक्ष उपलब्ध गराउने जनाइएको छ ।

यस्तै लायन्स क्लव बेलसिटीको अगुवाईमा दमक स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रको पाँच हेक्टर जंगल भित्र लायन्स बाटिका निर्माण गर्ने योजना अघि बढिरहेको छ ।

पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि भेट्टवालले लायन्स क्लब सधै सेवा गरेर स्थापित भएकोले सेवामा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सेविकाकी अध्यक्ष रेगिना भट्टराईले लायन्स क्लबको सेवामा सबैभन्दा बढी सन्तुष्टि मिलेको बताए ।