रङ्गेली/काग्रेसको भातृ सङ्गठन नेपाल मुस्लिम सङ्घले सुनसरीको इनरुवामा प्रदेश न १ स्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलाको आयोजना गर्ने भएको छ ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी यहि कात्तिक १४ गते एक दिने कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो । भेला मुस्लिम समुदायको राजनैतिक चेतना विकासमा केन्द्रित रहने सङ्घका केन्द्रीय उपाध्यक्ष अताबुल मन्सुरले जानकारी दिए ।

काङ्ग्रेस कमजोर हुँदै गएको बेलामा मुस्लिम सङ्घले काङ्ग्रेस समर्थित कार्यकर्तालाई प्रशिक्षणको कार्यक्रम गर्न आटेको हो । प्रशिक्षण काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री फमुल्लाहा मन्सुरले दिइने अर्का मुस्लीम सङ्घका केन्द्रीय सदस्य महमद अब्बुल हुस्सेनले जानकारी दिए ।