धरान / तीन तलाको घर माथि छतमा निर्माणको काम गर्दै गर्दा धरानका एक निर्माण मजदुर लडेर गम्भीर घाईते भएका छन् ।  धरान १२ चतरालाइनस्थित एक घरको छत निर्माणको क्रममा धरान ४, खैरेनीटारका १७ बर्षीय अजय राई गम्भीर घाइते भएका हुन् ।  आज सोम्बार बिहान छतमा ट्रष्ट तयार गरि पानी तर्काउने पाइप बनाउने क्रममा खसेर उनी घाईते भएका हुन ।  स्थायी घर संखुवासभा रहेका अजय चतरा लाईनस्थित सस्तो मःम हाउ सञ्चालनमा रहेको घरमा दशैं अघिदेखि नै निर्माणको काम गर्दे आएका थिए । गम्भीर घाइृते राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटनास्थल नजिकै रहेका स्थानीय प्रेमप्रसाद पराजुलीका अनुसार तीन तलामाथि बाट खसेका अजय होसमा थिए । बाहिरी चोट नदेखिए पनि भित्री चोट गम्भीर लागेको हुन सक्ने बताए । उनलाई स्थानीयले तत्काल उद्धार गरि प्रतिष्ठान लगिएको थियो । बाहिरी चोट नदेखिए पनि उनको कम्मर चलेको छैन् । खुट्टामा समेत समस्या भएको प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले जानकारी दिए । उनलाई अहिले अक्सिजन दिएर राखिएको छ ।