राजविराज / राजविराज नगरपालिका ६ की ३५ वर्षिया आशा देवको हत्या गरेको अभियोगमा प्रहरीले २ महिलासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय नजिकै घर रहेको देवको हत्या घटनामा संलग्न अभियुक्तलाई यथाशक्य चाँडो पक्राउ गरी सत्यतथ्य वाहिर ल्याउन दवाव खेपीरहेको प्रहरीले घटनाको दशौं दिन अभियुक्तलाई पक्राउ गरेको हो । गत २ कार्तिकमा देवको आफ्नै घरमा हत्या भएको थियो । पक्राउ परेका अभियुक्तहरु राजविराज ६ का ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिय चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साहलाई प्रहरीले सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका चारै जना हत्या गरिएका देवका छिमेकी हुन् । ति मध्ये शंकर र सुरज राजविराज नगरपालिकाको स्विपर पदमा कार्यरत कर्मचारी हुन् । एसपी राजेन्द्र विष्टका अनुसार पक्राउ परेका अभियुक्तहरुले आपसी रिसीवीका कारण देवको हत्या गरेको स्विकार गरेका छन् । उनीहरुलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान भईरहकेो प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
कसरी पक्राउ परे अनुसन्धानका क्रममा देवको हत्यामा छिमेकी शंकर र सुरजको प्रत्यक्ष संलग्नता रहेको तथा चनरदेवी र मुन्नीदेवीले सघाएको विष्टको भनाई छ । ‘प्रारम्भिक अनुसन्धानमा ब्यवसायिक रिसीवीका कारण हत्या गरेको देखिएको छ’ उनले भने–‘वाँकी कुरा थप अनुसन्धान पछि सार्वजनिक गरौंंला ।’ देवको दुई कात्तिकमा राती १० वजेदेखि ३ वजेको विचमा टाउकोमा इटा प्रहार गरी निर्मम ढंगले हत्या गरिएको थियो । प्रहरीले घटनास्थलमा वरामद रगतले लत्पतिको इटा र मृतकको मोवाईवाट अनुसन्धान सुरु गरेको थियो । हत्याको भोलीपल्ट मृतक देवको घरमा लागेको स्थानीयको भिडमा ति चारै जना पनि सहभागि थिए । प्रहरीले चाल नपाएको भन्दै ढुक्क भएका उनीहरु खुल्ला रुपले जिवन यापन गरिरहेका थिए । तर, प्रहरीले मृतकको घरवाट वरामद गरेको देवको मोवाईलको कल डिटेलको सुक्ष अनुसन्धान गर्दै जाँदा अपराधि पक्राउ गर्न सफल गएको डिएसपी भावेश रिमालले वताए । ‘प्रहरी कार्यालय नजिकैको घरमा भएको यो घटना आश्यर्यजनक थियो’ डिएसपी रिमालले भने ‘अनुसन्धान सहि दिशामा लगेपछि यसमा संलग्नलाई पक्राउ गर्न सफल भयौं।’ पक्राउ परेका चारै जनामाथि कर्तब्य ज्यान मुद्दा अघि वढाईएको प्रहरीले जनाएको छ ।