मधुमल्ला/  मोरङको मिक्लाजुङ गाउँपालिकाको खोला बिक्री कर रसिदमा मिक्लाजुङ गाउँपालिका वडा नं. १ को स्थानीय पञ्जिकरण बिभागको छाप प्रयोग गरिएको पाइएको छ । साथै ठेक्का सम्झौता हुन अगाबै ठेकेदार कम्पनी गंगा निमार्ण सेवाले उक्त छापको प्रयोग गरी खोला बिक्री कर असुली गरेको पाइएको हो ।  मिक्लाजुङ गाउँपालिकाले यस आर्थिक बर्षमा पाँच ओटा खोलाहरु ६ करोड ४० लाखमा ठेक्का लगाएको छ । ठेक्का अगाडी नै लाग्नु पर्नेमा टेण्डर पार्ने पहिलो पक्षले ठेक्का नसकारे पछि पुर्न दोस्रो र तेस्रो टेण्डर पार्नेलेसमेत ठेक्का नसकारेकाले हाल उक्त ठेक्का गंगा निमार्ण सेवा उर्लाबारीले ६ करोड ४० लाखमा सकारेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । सम्झोैेता हुनु अगाबै रसिद काटिएको बिषयमा भने अध्यक्ष आचार्यले दशैंको बिदा सुरु भएको र तत्काल सम्झौता हुन नसकेको र कर्मचारीहरुसमेत बिदामा गएकाले मौखिक सहमतीका आधारमा ठेकेदार कम्पनीलाई काम गर्न भनेको जवाफ दिए । तर गाउँपालिका वडा नंं १ को छाप दुरुपयोग भएको बिषयमा गाउँपालिकाले छाप कहाँ बाट कसरी दुरुपयोग हुन गयो यसको खोजी भइरहेको बताए । ठेक्का सम्झौता अगाबै ठेकेदार कम्पनीलाई कामको जिम्मा दिनु मिक्लाजुङ गाउँपालिकाको गैर जिम्मेवार पुर्ण कार्य भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन ।