वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ खारखोलास्थित धरान–चतरा सडक र चतरा–नडाहा–रुपनगर सडक जोडिएको स्थानमा सोमबार कार र अटोरिक्सा (टेम्पो ) आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । टेम्पोमा सवार एकै परिवारका ४ जना मध्ये एक जना गम्भीर घाइते छन् ।
अपराह्न करिब डेढ बजेको समयमा खारखोला चौबाटोमा नपाको नडाहाबाट चतरा पुल आउ“दै गरेको को २ ह १५९० नम्बरको टाटा टेम्पो र वडा नम्बर २ बयरबनबाट खारखोला घर जा“दै गरेको बा २० च २५११ नम्बर हुन्डाइ इओएन कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ चक्रघट्टी घर भएका ५१ वर्षका धनबहादुर थापाको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको चतरा प्रहरी पोष्ट चतराका प्रहरी सहायक निरीक्षक होमप्रसाद खनालले बताए ।
यसैगरी अर्का सवार वर्ष २७ टेकबहादुर र वर्ष २४ का टिकाबहादुर थापा र टेम्पो चालक २६ वर्षका सीताराम थापालाई पनि टाउकोमा चोट लागेको प्रसनि खनालले बताए ।
आफ्नै कारमा सवार कार चालक २२ वर्षका सङ्गम श्रेष्ठ र उनकी श्रीमती १७ वर्षीय सिर्जना श्रेष्ठलाई सामान्य चोट लागेको खनालले बताए । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यस अघि पनि भदौ ५ गते सोही स्थानमा टाटा सुमो र मोटरसाइकल आपसमा जुध्दा भएको दुर्घटनामा सुनसरी चा“दबेला ९ का घर भएका अन्दाजी ३५ वर्षका महानन्द सरदारको ज्यान गएको थियो ।