धरान/वैदेशिक रोजगारीमा गएका युवाको मनमा उत्पन्न गाउँघरको माया, प्रेमलाई विषयवस्तु बनाई लेखिएको गीत धराने माइलाले रेकर्डिङ गराएका छन् ।

धरानका मेला, महोत्सव र स्टेजहरूमा प्रस्तुति दिँदै आएका धराने माइलाले पहिलो पटक आफ्नो स्वरमा गीत रेकर्डिङ गराएको बताए ।

‘लामो समयसम्म अर्काको देशमा बसेका युवाले गाउँघर सम्झेर पीर पोखेको भाव गीतमा छ’ माइलाले भने, ‘यो भावना ती लाखौं वैदेशिक रोजगारीमा जाने युवाको हो ।’ सुरेन्द्र पराली राईको गीतलाई आधुनिक लयमा विनोद प्रियदर्शीले सङ्गीतबद्ध गरेका छन् ।

धरानस्थित भावना रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका एरेञ्जर हेम सुब्बा हुन् ।  वर्षौंको सपनापछि पहिलो पटक गीत रेकर्डिङ गराएका धराने माइलाले चाँडै म्युजिक भिडियो निकाल्ने तयारी गरेको सुनाए ।

‘भिडियो निकालेपछि युट्युबमा हाल्छु’ –उनले भने ।