धरान / अज्ञात युवाहरुको एसिड प्रहारबाट घाईते १४ वर्र्र्षीय बालक दिपेन परियार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेवारिसे बनेका छन् । ८ दिन अघि प्रहरीले उपचारका लागि छाडेर गएको थियो ।  एसिड प्रहारबाट चिन्ताजनक अवस्थामा अघिल्लो सोमबार राति ९ बजे दुहवीमा लडिरहेको फेला पारेपछि प्रहरीले उपचारका लागि विपी प्रतिष्ठान ल्याएकाे थियो । उनलाई प्रतिष्ठानको विपन्न उपचार कोष तथा डा. अरुणकुमार सिंहको निजि खर्चमा उपचार भईरहेको छ । ६ दिन आईसियुमा राखेर आईतबार बेडमा सारिएको उपचारमा संलग्न चिकित्सक बाल रोग विशेषज्ञ डा. सिंहले जानकारी दिए । घाइते बालकले होसमा आए पछि आफ्नो आमा नभएको र बाबुको नाम अशोक रहेको बताएका छन् । आफ्नो नाम दिपने परियार बताए । उनको आफन्त कोही नभएकाले खोजी भईरहेको प्रतिष्ठानका प्रहरी इन्चार्ज सई तिलक गिरीले जानकारी दिए । राति दुहवीको पुल नजिकैको चौतारीमा बसिरहेको बेला ठूला दाइहरुले तातो चिजले हानेका सम्म आफुले थाहा पाएको ती बालक बताउछन् । ती एसिड प्रहार गर्ने को हुन भन्ने अझै पहिचान हुन सकेको छैन् । सामान्य बोल्न सक्ने भएका ती बालक विराटनगरको कोशी अस्पतालदेखि तल घर भएको बताउदै आएका छन् । वुवा भएको बताए पनि उनलाई लिन हालसम्म कोही आएका छैनन् । प्रहरीले पनि अभिभावक खोजी गर्न चासो नदिएको चिकित्सकहरुले बताएका छन् । ‘प्रहरीले अभिभावक भोली आछन् भनेर बेवारिसे विमारी ल्याएर छाड्छन् । यहाँ हामीलाई समस्या पर्छ ।’– उपचारमा ढेड लाख खर्च डा. सिंहले भने–‘औषधी, ल्याव टेष्ट गर्न समस्या हुने गरेको छ ।’ आफुले व्यक्तिगत ६० हजार र अन्य व्यक्तिहरुसँग मागेर उपचार गराईरहेको उनले बताए । हालसम्म ढेड लाखको खर्च भएको उनले बताए । बालकको रेखदेख गर्ने कुरुवासमेत नहुदा समस्या भएको छ । आईतबारदेखि धरान–१७ का विजय राईले विमारी रुग्न सहयोग गरिरहेका छन् । उनलाई एसिटको घाउ पुरा निको पार्न प्लाष्टिक सर्जरी गर्नु पर्ने डा. सिंहले बताए । तर प्रतिष्ठानमा सो सेवा छैन । उपचार त पाए तर अस्पतलामा हेर्दिने भएनन सायदै प्रहरीले समयमा उद्धार गर्न नपाएको भए उनी यो संसारमा रहदैन थिए । प्रहरीले अस्पतालसम्म ल्याए । अस्पतालमा आफ्नै गोजीको पैसा खर्च गरेर औषधी किन्ने, सान दिने, विहान बेलुका रेखदेख गर्ने चिकित्सक तथा नर्स ती बालकका लागि भगवान बनेका छन् । बेहोस अवस्थामा आएका ती वालक अहिले होसमा छन् । दाहिले छाती माथि एसिडको गहिरो चोट छ । यसलाई पुरा निको पार्न प्लाष्टिक सर्जरी गर्नु पर्ने डा. सिंहले बताए । तर उक्त सेवा विपीमा उपलब्द छैन् । उनलाई हेपाटाइटिस सी पनि देखा परेको छ । उद्धारको पर्खाइमा ८ दिनसम्म उनलाई लिन, हेर्न कोही आएका छैनन् । उनका परिवार आफन्त आउछन् र सहयोग गर्ने डाक्टर नर्सलाई धन्यवाद देलान भन्ने  चिकित्सकहरुको आशा मरि सेकेको छ । दैनिक ३ हजारको औषधी ती बालकलाई प्रयोग भईरहेको छ । ल्याव टेष्टमा पनि खर्च छ । सबै आफै व्यवस्थापन गर्दा समस्या भईरहेको डा. सिंह बताउछन् । ‘बालकको ज्यान बचाईयो तर जिम्मा लिने मान्छे नआएर हामीलाई झमेला भएको छ ।’–डा. सिंहले भने ।