धरान/ नेपाल यातायात स्वातन्त्र मजदुर संगठन धरानले गरेको सामाजिक कामको संघीय संसदका सदस्य जयकुमार राईले प्रसंशा गरेका छन् । मंगलबार संगठनले धरानमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा असक्त मजदुर पुन्य प्याकुरेलको जनश्रमदानबाट घर निर्माण गरिदिएर नेपालभरी नमुना बनेकोमा प्रशंसा गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि राईले धरान जनश्रमदानमा नमुना सहर भएको बताए । संगठनले आउने तिहारमा देउसी खेलेर उठेको रकमले सामाजिक काम गर्ने समेत संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गिरीधारी सापकोटा, जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज इन्स्पेक्टर होमनाथ दाहाल, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संगठनका प्रदेश सचिव लक्ष्मी बाँनिया, प्रेस चौतारीका सुनसरी सचिव विकास राईलगायतको उपस्थिति रहेको थियो ।