विराटनगर /  विराटनगरस्थित आर.के. चिल्डे«न अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सप्तरीका एक परिवार बन्धक भएका छन् ।  सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गाकी तीन महिनाकी छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सितादेवी मण्डल अस्पतालमा बन्धक हुनु परेको हो । असोज ३१ गते तीन महिना छोरीलाई ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जाँच गराएकी थिइन् । क्लिनले निमोनिया भएकाले ठूलो अस्पताल लैजान भनेपछि कोशी अञ्चल अस्पताल ल्याइन् । तर कोशी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि निशालाई आरके चिल्डेन हस्पीटल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमा ११ दिन भेन्टिलेटरमा राखेपछि आइतबार मृत घोषणा गरेको उनीहरुको भनाई छ । आइतबार मृत्यु भएपछि शुल्क तिर्न ताकेता गर्दै अस्पतालले आमा छोरीलाई अस्पताबाट बाहिर जान नदिएको उनीहरू बताउँछन् । भेन्टीलेटनमा राखेर उपचार गर्दा १ लाख ७० हजार रुपैया बिल उठेको अस्पतालले जानकारी दिएको छ । अस्पतालले बिल तिर्न नसक्दा रेनुदेवी र सितालाई अस्पतालले बाहिर जान नदिएको बताए ।