धरान / अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरले धरान, विराटनगर र दमकमा कार्तिक १४ देखि १८ गतेसम्म कपाल प्रत्यारोपण बारे निःशुल्क परामर्श दिने भएको छ । धरानमा होटल इजी राइडर्स, विराटनगरमा होटल ह्यारिसन प्यालेस र दमकमा होटल कामक्ष्यमा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श चल्ने बताइएको छ । मेडिकल काउन्सेलर कृतिष्मा अर्याललगायतको टोलिद्वारारा परामर्श दिइने छ । रोपिएको कपाल प्राकृतिक रुपले बढ्ने र सामान्य कपालजस्तै देखिने रिसर्च सेन्टरको दावी छ । प्रत्यारोपण फोलिक्युलर युनिट ट्रान्सप्लान्ट,फोलिक्युलर युनिट एक्सट्रयाक्सन र एडभान्स फोलिक्युलर युनिट एक्सट्रयाक्सन प्रविधिबाट हुदै आएकोमा अरोगिनले पछिल्लो प्रविधि एडभान्स फोलिक्युलर युनिट एक्सट्रयाक्सनबाट कपाल प्रत्यारोपण सेवा दिने बताएको छ । कपाल प्रत्यारोपण एक सामान्य प्रक्रिया रहेकाले अस्पताल भर्ना हुन नपर्ने सेन्टले जानकारी दिएको छ । तालु खुईलिएको तर पछाडीको बाक्लो कपाल भएका पुरुष, अगाडीको भाग एकदमै पातलो देखिदै गएका महिला, तन्देरी अवस्थामा नै कपाल पातलो हुदै गएको युवा वर्ग र घाउ चोट लागेर वा आगोले पोलेर बसेको दागमा कपाल प्रत्यारोपण गर्न सकिने सेन्टरले दावी गरेको छ ।