भद्रपुर /  सशस्त्र प्रहरीले झापाका विभिन्न क्षेत्रबाट एकथान मोटरसाइकलसहित ८ लाख ८५ हजार ८ सय मूल्य बराबरको सामग्री बरामद गरेको छ । सादा पोषक तथा गस्तीमा खटिएको प्रहरीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल गण–२ झापाले जनाएको छ ।  बरामद गरिएको सामानमा ७ लाख ७० हजार ८ सय मूल्य बराबरको कपडा, ६५ हजारको बारुद्धजन्य पदार्थ (पटका) र पटकामा संलग्न ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको डिएसपी ओजिस ओलीले जानकारी दिए । झापाको भद्रपुर, वंशल वगान, जलथल,कुञ्जीबारी लगायतका स्थानबाट सामान बरामद गरिएको डिएसपी ओलीले बताए । नेपाल भारतको सीमामा राखेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले सामान नियन्त्रणमा लिएको ओलीको भनाइ छ । प्रहरीलाइ देख्नेवित्तकै कारोबारी भागेकोले मानिस पक्राउ गर्नन सकिएको उनले जनाए । बरामद सामग्रीमा विभिन्न प्रकारका कपडा, खाद्यन्य,पटका रहेको ओलीले जनाए । पटका ओसार पसारमा प्रयोग भएको मे.५ प ३८९२ नम्बरको यामहाको वाइबीआर मोटरसाइकल समेत बरामद गरिएको उनको भनाइ छ ।