इनरुवा / सुनसरी सदरमुकाम इनरुवामा एक नम्बर प्रदेश स्तरीय नेपाल मुस्लिम संघ भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल मुस्लिम संघ केन्द्रीय कार्य समितिद्वारा अायाेजना गरिएको १ नं. प्रदेश स्तरीय भेला तथा एक दिने प्रशिक्षण कार्यक्रममा १ नं. प्रदेशका नेपाली काँग्रेस मुस्लिम अगुवा नेता तथा कार्यक्रताहरुलाई प्रशिक्षण दिएकाे अायाेजक समितिका हारुन अन्सारीले जानकारी दिए ।  १ नं. प्रदेश स्तरीय नेपाल मुस्लिम संघकाे प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्ब मन्त्री मानियि फरमूल्लाह मन्सुर , अतिथिहरु नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष जनाब अब्दुल सत्तार अन्सारी, महासचिव पूर्ब सांसद जनाब माेखतार अहमद, नेपाल मुस्लिम संघ सुनसरीका अध्यक्ष जमिल हुसेन अन्सारी , काेशी गाउँपालिका अध्यक्ष एेजुब अन्सारी , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी भोक्राहा नरसिंह गाउँपालिका ४ नं. वडा अध्यक्ष हारुन अन्सारी , काेशी गाउँपालिका ३ नं. वडा अध्यक्ष सुलेमान मंसुरी , नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य इसराईल मंसुरीलगायतकाे उपस्थित रहेको थियो । साे कार्यक्रममा फरमूल्लाह मन्सुर र मीन बहादुर विश्वाक्रमाले प्रशिक्षण दिएका थिए ।