[caption id="attachment_13116" align="alignnone" width="800"] फायलफाेटाे[/caption]

धरान/चाडपर्वको समयमा धरानमा एकपछि अर्को गर्दै दिनदिनै अनैतिक कृयाकलाप बढिरहेको छ । युवा-युवा बिच खुकुरी हानाहान, एक आपसमा बैमनस्यता र चोरीको घटना पनि बढ्दो छ ।

धरान आसपास क्षेत्रमा पार्किङ गरेर राखेको स्थानबाट मोटरसाईकल, स्कुटर गाडी चोरी भैरहेका छन् ।

धरान उपमहानगरपालिका वडा नं. १६ जानकी चोकका स्याम कुमार तामाङले आफ्नै घरमा पार्किङ गरेर राखेको १५० सिसिकाे ९.प ४१०२ नम्बरको कालो पल्सर बाइक घरबाटै चोरी भएको छ ।  साँझ पार्किङ गरेर राखेको मोटर विहान नभएको तामाङले जानकारी दिए । अन्दाजी २ लाख बराबरको मोटरसाइकको खोजीमा रहेका तामाङले अलिहेसम्म फेला पार्न सकेका छैनन् ।

त्यस्तै धरानकै एक बासिन्दाको चिण्डे डाँडाबाट हराएको पल्सर बाइक धनकुटामा फेला परेको थियो ।

यी त भए प्रतिनिधि घटना इलाका प्रहरी कार्यालय धरानमा मात्र गत साउन महिनाको तेस्रो हप्तादेखि हालसम्म १५ वटा मोटरसाइकल चोरी भएको निवेदन पेश छ । जसमध्ये ११ वटा मोटरसाइकल धनीलाई बुझाइएको र बाँकी चोरी भएको मोटरसाइकलको खोज तलास भैरहेको इप्रका धरानले जानकारी दिए ।

त्यस्तै विभिन्न अपरेशनको समयमा ५७ वटा मोटरसाइकलहरु इप्रका धरानले फेरा पारेका छन् । जसमध्ये ४१ वटा मोटरसाइकल धनिले बुझिलिए भने बाँकी रहेको मोटरसाइकलहरुको आवश्यक कागजातपत्र लिई हक दाबी गर्न अहिलेसम्म कोही नआएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।

उनका अनुसार सवारी साधन हराउनुको विभिन्न कारण मध्ये धनिको लापरवाही पनि एक हो । खुल्ला सिमानाका कारण चोरीका मोटरसाइकल सहजै लुकाउन सक्ने भएकाले गर्दा पनि चाेरी बढिरहेकाे छ ।

उनले भने रातको समयमा मोटरसाईकल असुरक्षित तरिकाले पार्किङ गर्ने, हेण्डल लक नगर्ने, जँहा पायो त्यही पार्किङमा सवारी साधन छोड्ने, , लागु औषध दुव्र्यसनीहरुको लागी आय अर्जनको श्रोत भएको, अत्यधिक सवारी साधन हुनु र सवारी साधनको पाठपुर्जा एकआपसमा मिल्नु पनि चोरीहुनुको प्रमुख कारणहरु हुन् ।

दुर्गम र पहाडी भेगमा ट्राफिक पुलिसको पहुच कम भएकाले चोरीको सवारी साधनहरु मिलोमतोमा ग्रामीण भेगहरुमा प्रयोग हुने गरेकाे छ । यी यस्ता कारणहरूले गर्दा पनि चाेरीकाे घटना बढिरहेको इलाका प्रहरी कायार्लयकाे रिपार्टमा छ  ।