धरान / झापा सतारी–९ दुधेका विश्वराज लिम्बुको एउटा सपना थियो । त्यो सपना आमा सुकमाया लिम्बु तथा परिवारसँग पनि जोडिएको थियो । त्यही सपनालाई साकार पार्न कक्षा १२ को पढाई सकेर धरानमा विट्रिस आर्मीका लागि तालिम लिईरहेका थिए । गएको भदौ ३० गते उनको सपना चकनाचुर मात्र भएनन झण्डै उनको ज्यान नै गयो । बालबाल बचे । साथीहरुसँग घुम्न धरान–८ स्थित एलम्बर पार्कमा गएका लिम्बुमाथि नचिनेका युवाहरुले कट्टी प्रहार गरे । आक्रमण उनको हातभरी चोटै चोट छन् । हात नचल्ने भएको छ । टाउकोमा पनि कट्टीको चोट छ । उनीसँगै लाहुरे सपना बोकेका तेह्रथुमका सुरेन्द् लिम्बु पनि घाईते भए उनको पनि घाउको प्रहार गरेको कट्टी रोक्दा हातमा गहिरो चोट लागेको छ ।
कसरी भयो घट्ना
उनीहरु ५जना सङखुवासभाका ररा लिम्बु, हर्कधन लिम्बु, तेह्रथुमकै आशिष लिम्बु विहान ट्रनिङ सकाएर दिउसो घुम्न गएका थिए । कहिल्ये लफडावाजमिा नपरेका उनीहरु फोटो खिच्ने, माछा मार्ने गर्दै नजिकको पुलमा डुलिरहेका थिए । नजिकै भएका एक युवाहरुको झण्डले ‘हाम्रो एरियामा किन आएको’ भनेर निउ खोजे । बाहिर निस्कन धम्की थिए । धनामन भयो तर उनीहरु बाहिर निस्किएनन । १० जनाको समुहमा रहेको ती युवाहरुले थप अरु साथी र कट्टी खुकुरी, छुरी ल्याएर एक्कासी प्रहार गरे । उनीहरका तीन जना साथीहरु भागे तर विश्वराज र सुरेन्द्र भाग्न पाएनन । उनीहरु माथि अन्धाधुन्ध कट्टी प्रहार गरे ।
विश्वराजको दाया हातमा ६ ठाउँ कट्टीले काटेको छ । देव्रे हातका औला चल्दैनन् । लाहुरे बन्न धरान आएका उनीहरुको सपना चकनाचुर भएको छ । शरिरमा चोट लागेका कारण अव उनीहरु लाहुरे भिड्न पाउदैनन् । ज्यान बचाएर भागेका साथीहरुको भने सामान्य चोट लागेको छ ।
उनीहरुको लाहुरे सपना तुहाउने ९ जनाहरुलाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ । आक्रमणमा सहभागी अन्य भने भागेका छन् । निर्दोष छोरामा आक्रमण गर्नेलाई कडा कारवाही गर्नु पर्ने विश्वराजकी आमा सकमायाले बताईन ।
ट्रेनिङ सेन्टरको सहयोग
नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन पूर्व क्षेत्र धरानले उनीहरुलाई आर्थिक सहयोग गरेको छ । धरानमा बसेर विट्रिस आर्मीका लागि तालिम लिदै आएका विश्वराज सुरेन्द्रकुमारलाई अभिभावकसहित बोलाएर सहयोग गरिएको छ । विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार गराएका ती युवालाई एसोसिएसनले नगद १ लाख २० हजार विहीबार हस्तान्तरण गरेका छन् । स्वास्थ्य उपचारमा केही सहयोग होस भनेर आफुहरुले सहयोग गरेको एसोसिएसनका अध्यक्ष पर्वत राईले जानकारी दिए