भद्रपुर /  एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरिएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाले बन्द कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरिएको १९ हजार ८ सय ३२.२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो । प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हँुदा यसको वजार भाउ कति हो भन्ने यक्किन नभए पनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् । सरकारले प्रकाशित गरेको राजपत्रमा प्रतिकेजि ८ सय तोकिएको भएता पनि भारतबाट लुकिछिपि नेपालको वाटो हुदै चीन जाने रक्तचन्दनको मूल्य नेपालको भन्दा कयौँ गुणा वढी भएको जानकारहरु वताउँछन् । वन कार्यालय झापाको कार्यकक्षमा थन्किएको रक्तचन्दनको सरकारी भाउ भने १ करोड ८० लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । वरामद गरीएको रक्तचन्दन के गर्ने भन्ने स्पष्ट कानून नभएका कारण समस्या भएको डिभिजन वन कार्यालय विष्णुलाल घिमिरेले वताए । भारतको आन्ध्रप्रदेश र उडिसाहुँदै विहारको किशनगञ्ज जिल्ला डिगलबैङ्क नाकाबाट भित्रिएको एपी २७ डब्लु ओ ४०५ नम्बरको भारतीय नम्बरको ट्रकबाट गत ०६३ पुस ३ गते भारत चेन्याँइका यम भाष्कर र राजु भाष्करले भारतवाट ल्याउदै गरेको अवस्थामा झापाको टाघनडुव्वाबाट ३ सय ६२ थान ( ६ हजार ३ सय ७५दशमलव २७ किलो ) ,०६४ जेठ २१ मा टाँघनडुव्वा ८ का गुलाम रसुल मियाले चीन लैजाने तयारी गर्दै गरेको अवस्थामा ६५ थान ( १ हजार ६ सय ८७ किलो) त्यसको भोलिपल्ट सोहि स्थानबाट सुवास चौधरी, उपेन्द्र चौधरी, अभिनाश चौधरी र रामजतन चौधरीको घर परिसरबाट ३ सय ९९ थान ( ११ हजार ७ सय ७० किलो) प्रहरीले वरामद गरेको थियो । घटना पश्चात झापा जिल्ला अदालतले भाष्कर द्धयलाई वन ऐन २४९ को दफा ४९ (घ) को कसुरमा जनही ३ लाख १८ हजार ७ सय ६३ रुपैया जरिवाना र एकवर्ष कैद सजाय तोकेको थियो । मियाँलाई २६ लाख ९९ हजार २ सय जरिवाना र ६ महिना कैद र अन्यलाई जनही १ करोड ८८ लाख ३२ हजार विगो र चार वर्ष कैद सजाय भएको थियो । उक्त रक्तचन्दन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्ति भने कैद र जरिवाना भुक्तान गरी रिहा भइसकेका छन् । बरामद गरिएको ट्रक पनि लिलामी प्रक्रियाबाट बिक्री भइसकेको छ । वनस्पति तथा वन्यजन्तु संरक्षण ऐन तथा अन्तराष्ट्रिय कानून बमोजिम रक्तचन्दनको कारोबार एक देशबाट अर्को देशमा गर्दा दुबै देशको सहमति हुनुपर्ने प्रावधान छ । सोही ऐन तथा अन्तराष्ट्रिय कानून विपरीत चोरी पैठारी गरी भारतबाट नेपाल भित्र्याइएको रक्तचन्दन झापामा बरामद गरिएको थियो ।