विराटनगर/ प्रजिता तामाङ र सङ्गम अधिकारीले दोस्रो संस्करणको मिस एण्ड मिस्टर पूर्वाञ्चल २०१८ को उपाधि जितेका छन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फस्ट र सेकेण्ड रनरअप क्रमशः दीक्षा काफ्ले, जेनिस खड्का र सरिना घिमिरे, सिजन न्यौपाने घोषित भए ।
मिसतर्फको वन्दना आचार्यले मिस पर्सनालिटीको अवार्ड प्राप्त गर्दा सपना कार्कीले मिस ट्यालेन्टको उपाधि जितिन् । सपना मानन्धर मिस पपुलर तथा गुञ्जन घिमिरे मिस फोटोजेनिक अवार्ड प्राप्त गरिन् ।
मिस क्याटवाकमा कञ्चन गुरुङ, मिस कन्फिडेन्टमा दीक्षा काफ्ले, मिस स्माइलमा श्रीजा लिम्बू, मिस फ्रेण्डसिपमा सपना कार्की, मिस बेस्ट फिगरमा दीपिका धिमाल घोषित भइन् ।
त्यस्तै मिस रिफ्रेसिङ फेसमा सुमित्रा तामाङ, मिस डिसिप्लिनमा सपना मानन्धर, मिस ब्यूटी विथ ब्रेनमा प्रजिता तामाङ, मिस ब्यूटीफूल हेयरमा लिजा धिमाल, मिस ब्यूटीफूलमा सरिना श्रेष्ठ, मिस ब्यूटीफूल आइजमा अरिका कार्की, मिस स्टाइलिसमा युनिका भुजेल, मिस इन्टेलेक्टमा सीता कार्की तथा मिस फेसबुक च्वाइसको उपाधि वन्दना आचार्यले जितिन् ।
मिस्टरतर्फ मिस्टर ट्यालेन्ट सङ्गम अधिकारी, मिस्टर फोटोजेनिक जेनिस खड्का, मिस्टर पपुलर राज चौहान, मिस्टर फ्रेण्डसिप अञ्जल थापा, मिस्टर स्माइल सुजल खड्का, मिस्टर डिसिप्लिन जेनिस खड्का घोषित भए ।
त्यस्तै मिस्टर फेसबुक च्वाइस सङ्गम अधिकारी, मिस्टर क्याटवक सौरभ कट्वाल, मिस्टर पर्सनालिटी सिजन न्यौपाने, मिस्टर इन्टेलेक्ट सङ्गम चौधरी, मिस्टर कन्फिडेन्ट सङ्गम अधिकारी, मिस्टर ह्यान्डसम राज चौहान भए ।
प्रतियोगिताको विजेता तथा अवार्ड प्राप्त गर्नेहरूलाई प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्की तथा विराटनगर प्रमुख भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।