इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको आठौँ जिल्ला अबिधेशनको बन्दसत्रमा विवाद भए पछि अधिबेशन स्थगित भएको छ ।
ईटहरीस्थित लायन्स भवनमा आयोजित अधिबशनको बन्दसत्रमा अधिकांश सदस्यहरुले बिरोध गरेपछि बन्दसत्र स्थगित भएको हो । सदस्यता सम्बन्धमा सहभागीहरुले आवाज उठाए पछि बन्दसत्र भाडिएको हो ।
मिलाउन प्रेस युनियनका केन्द्रिय सदस्य बिजय सन्तोषी राई,पूर्बाञ्चल संयोजक लिलाबल्लभ घिमिरे लगायतले प्रयास गरेका थिए । नयाँ कार्य समितिमा अध्यक्षका लागी क्रियाशिल पत्रकार धनबहादुर पुरी र विज्ञापन एजेन्सी मालिक पवन अधिकारीले दाबी गर्दै आएका थिए । अध्यक्ष मिलाउने प्रयास असफल भए पछि अधिबेशन भाडिएको हो ।
सदस्यता निष्पक्ष नभएको र मनपरी सदस्य बाँडेको, पत्रकारितामा क्रियाशिल नभएकाहरुको बढी नाम देखिएपछि हलमा आवाज उठेको थियो ।
क्रियाशिल सदस्यहरु शुरेसचन्द्र दाहाल र चन्दन रौनियारको नाम समेत लिष्टमा थिएन । अधिबेशनको उद्घाटन पूर्व अर्थ मन्त्रि तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलले गरेका थिए ।