[caption id="attachment_99047" align="aligncenter" width="1592"] Sweaters[/caption]

सोलुखुम्बु/ जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् ।

कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए ।

सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यु ए वान टेलरिङ सेण्टर’ सञ्चालक विश्राम हिङ्माङले बताए । ‘ज्याकेटको माग अत्यधिक आएको छ’ उनले भने, ‘हामीलाई भ्याई नभ्याई छ ।’

माग बढे पनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ ।

‘काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन’–दर्जीले भने । सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल अर्डरअनुसार ज्योकट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताउँछन् । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताए ।

‘अघिल्लो वर्षको त’लनामा ६० प्रतिशतले व्यापार वृद्धि भएको छ’ –उनले भने । जाडो चाँडै शुरु भएका कारण न्यानो कपडा किन्नेको संख्या बढेको हो । व्यापारी रमेश बस्नेत जाडोको यामअघि दैनिक २० हजारको व्यापार ह’ने गरेकामा अहिले ३० हजारदेखि ३५ हजारसम्मको कारोबार हुने गरेको बताउँछन् ।