उदयपुर/ उदयपुरका विभिन्न ठाउँमा पानीको मुहान सुक्न थालेपछि धान कृषहरू पानी चोरका डरले क’लोको ‘ड्युटी’ बस्न थालेका छन् । बेलका नगरपालिकास्थित सेती खोला, दुध खोला, बकुन्द्रे खोला, मोटी खोलालगायतका धान कृषकहरूले खेतमा पानी लगाउन रातभरि कुलोमा ‘ड्युटी’ बस्ने गरेका हुन् ।

खोलाको पानी सुकेपछि खेतमा पानी लगाउन आलोपालोको शर्त राखेको भए पनि पानी चोरेर हैरान पारेपछि स्थानीयहरू रातभर कुलोमै ‘ड्युटी’ बस्न बाध्य भएको स्थानीय कृष्ण राईले बताए ।

मुख्य बालीको रूपमा रोपिने धान कम वर्षाले गर्दा खोलाको पानी सुकेपछि कृषकहरू चिन्तित छन् ।

केही मात्रामा रहेको पानी आलो–पालो गरी खेतमा लगाउँदै आएका कृषकहरूले रातभरि क’लोमै रात कटाउन बाध्य भएका छन् । समयभन्दा पहिले नै मनसुन सकिएपछि भदौबाट वर्षात् रोकिएको थियो ।

गत वर्षहरू भन्दा पहिले नै वर्षायाम सकिएकाले सेती खोला, दुध खोला लगायतका धान खेतीहरूले आलो–पालोले खेतमा पानी लगाउँदै आए पनि अर्काको पालोमा पनि पानी चोरिन थालेपछि ‘पानीको ड्युटी’ बस्न’ पर्ने स्थानीयको बाध्यता छ ।

प्रशस्त वर्षात् नहुँदा खोलाको पानी सुकेकाले धानबालीमा पानी लगाउन पालोको सर्त राखेको भएपनि कतिपयले अरूको पालोमा पनि पानी चोरेर हैरान पार्ने भएकाले राति कुलो रुङ्नु पर्ने बाध्यता आएको राईले बताए ।

धानमा पानी नलाए धान नफल्ने, पानी लगाउन जङ्गली जनावर र विषाल’ किरा फट्याङ्ग्राको डर त्राससहित कुलोमा रात काट्नु पर्ने बाध्यता रहेको राईले बताए ।

शर्त मिच्नेहरूलाई सजाय दिनुभन्दा बरु आफैं कुलोमा पानीको ड्युटी गर्नु उचित ठानेर रातभर कुलोमै बस्ने गरेको राईले बताए । ‘खाउँला’ भनेर रोपेको धान पानीको समस्याले बाला नै ननिस्की पहेँलो भएर पराल भएपछि भैँसीलाई घाँसको रूपमा खेतको धान काटेर दिएको स्थानीय गायत्री घिमिरले बताए ।

वर्षात्को कारणले खेतको धान घाँसजस्तै काट्न’ परेपछि किनेको चामलकै भरमा घरपरिवार चलाउनु पर्ने घिमिरेले बताए ।

पानीको कुलो रुङ्न रामपुर बजारदेखि दक्षिण सातपत्रेसम्मका किसान भचुवासम्म पुग्ने गरेका छन् ।

किसानले दिनभर गाईवस्तु, घाँसदाउरा गर्नुपर्ने र रात परेपछि पानीको ड्युटी गर्नुपर्ने बाध्यता रहेको सातपत्रेकी स्थानीय शर्मिला श्रेष्ठले बताइन् ।

स्थानीय सरकारले किसानको समस्या बुझिदिनु पर्ने उनको भनाइ छ ।  नगरपालिकाको कृषि उत्पादनलाई मुख्य मेरुदण्डको रूपमा लिएको भए पनि सुविधा जनक सिंचाइको व्यवस्था नहुँदा कतिपय बस्तीमा धान नपसाई पराल भएको बेलका नगरपालिका वडा नं ९ का वडाध्यक्ष मोहनप्रसाद घिमिरेले बताए ।

चालु आर्थिक वर्षमा कुलोको पहुँच नपुगेको र खोलाको पानी सुकेको बेला सिंचाइको व्यवस्थापन गर्न ५ वटा ट्य’बेल गाडेर मोटरद्वारा पानी निकाल्ने घिमिरेले बताए ।

सप्तकोशीसँग जोडिएको नगरपालिकाको वडा र बस्ती पम्पको सहायताद्वारा कृषकलाई पानी उपलब्ध गराई सिंचाई व्यवस्थापन गर्ने बेलका नगरपालिका वडा नं ८ का वडाध्यक्ष जयक’मार राईले बताए ।

ट्युबेल भन्दा पनि सहज रूपले कोशीको पानी तान्न सकिने भएकाले कोशीको पानी सिंचाइमा प्रयोग गर्ने राईले बताए ।

वातावरण परिवर्तनसँगै कम वर्षात् र समयसम्म पानी नपर्ने भएकाले सिंचाइमा समस्या सिर्जना भएको छ । समयअनुसारको कृषि उत्पादनमा कमि आउने र किरा फट्याङ्ग्राले अन्नबाली नष्ट गर्ने गरेको छ ।