सल्यान / सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा केवली नेपाली मृत फेला परिन । स्थानीय राजु भनेर चिनीने वीर बहादुर वस्नेतले उनको हत्या हत्या गरेको खुलेको छ । प्रहरीले बस्नेतलाई प्रक्राउ गरे पछि थप रहस्य खुलेको छ ।  जिल्ला प्रहरी सल्याणले विहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार असोज २२ गते भारतबाट भखरै आएकी शारदा नगरपालिका ८ सिमखर्क बस्ने ५० वर्षिय केवली नेपाली आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी थिइन् । उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षिय वीरबहादुर बस्नेतलार्इ केवलीसंग भारतमा कमाएको पैसा छ भन्ने आशंकामा पैसा चोर्ने योजना बनाई राति केवलीको घरमा पुगेका थिए । अभियुक्तले दिएको बयान अनुसार असोज २४ गते राति बस्नेत केवलीको घरमा पुगे । उनले एक हातमा छुरी र अर्को हातले केवलीको घाटीमा समाएर पैसा अफर गरे । केवलीको होस हवास उड्यो ।  केवलीले मसंँ पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । मलाई नमार भोली मागेर दिउला भनिन । उनले चोरलाई सम्झाइन बुझाईन । बस्नेतको हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । तर हुदैन ढाटिस तलाई मारेर पैसा खोजेर लान्छु भनेर बस्नेतले भने । केवलीले आफ्नो ज्यान नबाच्ने नै जस्तो लाग्यो । चोरलाई सम्झाईन । पैसा भोली दिउला । आज यतै वस भनेर प्रस्ताव राखिन । उनले खाटमुनी उनले रक्सी पनि राखेकी रहेछिन । त्यो पनि खाउला भनिन । केवलीले वीरबहादुरलाई रक्सी खुवाइन् । र आफुले पनिसँगै खाएको वीरबहादुरले बयानमा भनेको डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । ज्यान लिन आँटेको वीरबहादुरले केवलीसँग दुई पटक यौन सम्पर्क गरे । रातीसँगै सुतेको र भोली अरुले थाहा पाउने र केवलीले प्रहरीलाई खवर गर्लि भन्ने लागेर राती वीरबहादुरले हत्या गरेको प्रहरी बयानमा उल्लेख गरिएको छ । घटनाको भोली पल्ट २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र बहादुर शाहीको टोली पुगर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढाएको थियो । टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरुसँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी बर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिर बहादुर बस्नेतलाई असोज २६ गते प्रक्राउ गरिएको थियो । प्रहरी समक्ष हत्या आरोपी वीर बहादुरले डोरीले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।