दमक / झापाको दाक्षिण सिमावती क्षेत्र गौरिगञ्जमा हत्या गरि पुरेको अवस्थामा शुक्रबार शव फेला परेको छ । गौरीगञ्ज गाउँपालिका वार्ड नं २ कोरोबारी बस्ने वर्ष ५५ को अलकचन राजवंशीको हत्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र पौडेलले जानकारी दिए । राजवंशी गत सोमबारदेखि वेपत्ता भएको र सम्पर्कमा समेत नरहेको उनको परिवारले जनाएको छ । मृतकको शव नेपाल भारत सीमा छेउ कन्काई खोला नजिक काशघारीमा करिब ५ सय मिटर भित्र भारततर्फको जमिनमा पुरिएको अवस्थामा फेला परेको थियो । भारतकोे किसनगञ्ज जिल्ला खरखरिया बस्ने दिना नामका व्यक्तिले केहीदिन अघि टुनामुना झारफुक जोखानाका लागि उनलाई बोलाएर लगिएको उनका छोरा उदयलाल राजवंशीले जानकारी दिए । सोमबारदेखि रावबंशी वेपत्ता भएपछि निजका छोरा उदयलालले सोधखोजका लागि छरछिमेक, साथीभाई, आफन्तहरूलाई आग्रह गरेका थिए । मृतक राजवंशी गाउँ घरमा झारफुक गर्ने, जोखाना हेर्ने कार्य गर्दै आएका थिए । यस अघि पनि भारतका दिना नाम गरेका ब्यक्ति र त्यस क्षेत्रका बासिन्दाले राजबंशीलाई बोलाएर झरफुकका लागि लैजाने गरेको मृतकका छोरा उदयलालले जानकारी बताए । काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेको छ । उक्त सामग्रीका आधारमा आफ्नो बुबाको शव भएको मृतकका छोरा उदयलालले दाबी गरेका हुन । शवको उत्खनन् पछि पोष्टमार्टम गर्नका लागि भारतको कोडोवारी थानाले शव नियन्त्रणमा लगेको छ ।