विराटनगर /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन । दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनीको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुर्व सुवेदीले बजानकारी गराएका छन्। यसअघि उनी वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराए पनि रोग पत्ता लागेकाे थिएन । उनी कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्रिकाे सचिवालयले जनाएकाे  छ । उपचारका लागि उनले सरकारी सुविधा लिएका छैनन । मुख्यमन्त्री राईको उपचार निजी खर्चमा गर्न लागिएकाे सुवेदीले जानकारी दिए ।