दमक / औलो रोगमा झापा उच्च जोखीममा रहेको छ । शुक्रवार दमक नगरापालिका स्वास्थ्य शाखाले गरेको अन्र्तक्रियामा झापासहित देशका १३ वटा जिल्लामा औलोको प्रकोप उच्च देखिएको जनाइएको हो । झापामा गत जनवरी देखि अक्टोवरसम्ममा ७ जना औलोको बिरामी देखिएका कारण पनि जिल्ला उच्च जोखीममा देिीएको हो । योसँगै प्रदेश १ का अन्य जिल्लामा पनि औलोका बिरामीहरु भेटिएको छ । इलाम र सुनसरीमा २/२ जनामा औलोको संक्रमण देखिएको र मोरङमा ३ जनामा औलोका संक्रमित भेटिएको तथ्याकं सार्वजनिक गरिएको छ । दमकस्थित दमक अस्पताललका निमित्त मेडिकल सुपरिटेण्डेन्ड बिपीन पाण्डेले सहजीकरण गरेका थिए । उनले दमकमा बिगत ३ वर्ष देखि औलौका संक्रमित नभेटिएको बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न भएको अन्तक्रिया कार्यक्रममा दमकका बिभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य क्षेत्रका सरोकारवाला सँग औलो नियन्त्रण बिषयमा अन्र्तक्रिया भएको थियो । औलौ नियन्त्रण गर्नका लागि घर, गाउँ, शहर तथा हरेक क्षेत्रमा सफा , सुग्घर राख्नु पर्ने नगरपालिकाका स्वास्थ्य संयोजक इन्द्र अर्यालले बताए । नगरमा औलो छिर्नै नदिनका लागि बिभिन्न औलो नियन्त्रक कार्यक्रम तत्कालै गर्न नगर प्रमुख ओलीले आग्रह गरेका छन् ।