काठमाडौं / ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । उनलाई राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा.। यादव भट्ट लगायतको टोली रहेको सचिवालयले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।