विजयपुर । मौसम परिवर्तन भएसंगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप धेरै बढेको छ । चाप बढेकै कारण अहिले प्रतिष्ठानमा विरामीले सहज रुपमा उपचार गर्न कठिनाई भएको छ । यो मौसममा पानीमा दुषित पदार्थ बढी हुने, ६० प्रतिशत विरामी चिसोकै कारण निमोनिया, भाइरल विरामी आउने गरेको पाइएको छ । ज्वरो अत्याधिक आउने, टाउको दुख्ने, शरीर दुख्ने,शरीरका जोड्नी दुखने, विकनेश हुने, रिंग्टा लाग्ने कसै कसैलाई वान्ता हुने विरामीहरु उपचारमा आउने गरेको चिकित्सकहरु बताउछन् । यो मौसममा घाटी खस खस गर्ने र खोकी ज्यादा लाग्ने लगायतका समस्या बढी हुने गरेको चिकित्सकहरु बताउछन् । गर्मी सकिएर जाडोको मौसम आएसंगै विशेष गरेर बच्चा र बृद्धबृद्धाको चाप अत्याधिक भएको चिकित्सक बताउछन् । चिसोका कारण बच्चामा निमोनिया तथा बृद्धबृद्धामा स्वासप्रश्वासको विरामी बढी आउने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन ओपिडीमा उपचारार्थ चिकित्सहरु बताउछन् । चिसोकै कारण विगतको तुलनामा अहिले बच्चा वार्डमा धेरै बच्चाहरु निमोनिया, भाइरल ज्वरोका कारण आउने गरेको प्रतिष्ठाका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बताए । यो समयमा बच्चाको स्यहार सुहारमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । विगतमा दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा प्रतिष्ठानमा उपचारका लागि आउने विरामीको संख्या बढेर ३ हजारसम्म पुगेको विकल काउन्टरमा काम गर्ने कर्मचारीहरु बताउछन् । यसमा पनि ७० प्रतिशत विरामी बच्चा र बृद्धा हुने गरेको उनीहरुको भनाई छ । अत्याधिक भीडकै कारण सर्वसाधारणहरु उपचारमा कठिनाइ हुने गरेको बताउनछन् । यो मौसममा लामखुट्टेको संक्रमणबाट लाग्ने रोगको समेत उच्च जोखिम भएकै कारण यसबाट बच्न सावधानी अपनाउनुपर्ने चिकित्सकहरु बताउछन् । त्यसो त भाइरलले बच्चा र बृद्धालाई मात्र हैन युवा वर्गलाई समेत केही मात्रामा सताएको पाइएको छ । यहा उपचारमा आएका विरामीहरु केही दिनदेखि महिनौ दिनसम्म थला परेर उपचारमा आएको बताउने गरेका छन् । गर्मीबाट जाडो प्रवेश गर्ने होस वा जाडोबाट गर्मी प्रवेश गर्ने समय होस् यो मौसममा भाइरल फाइवरका विरामीहरु बढ्ने गरेका छन् । यो मौसममा विशेष गरेर निमोनिया, रुघा खोकी, स्वास्सप्रश्सावको समस्या बढी हुने गरेको चिकित्सकहरु बताउछन् । यसबाट बच्च सावधानीबाहेक अर्को विकल्प नभएको उनीहरुको भनाई छ । https://www.youtube.com/watch?v=--Ec99UWRvk&feature=youtu.be