रङ्गेली। महानगरमा खानेपानिको सुविधा नपुगेको स्थानमा जमिन मुनिको पानी निकालेर चलाउनु पर्ने अवस्था छ ।

शहरीकरण सँगै पानीको दोहन बढे पछि समान्य अवस्थाको गहिराइमा यहाँको जमिनमा बोरिङ गर्दा पानी भेटन छाडीएको छ । शहरी करणको साथै चुरे क्षेत्रको वनविनासको कारण जमिन मुनिको पानीको सतह सुक्दै गएको छ । यसको कारणले बोरिङ गरेर पानी निकाल्न आम सर्वसाधारणलाई चर्को मुल्य पर्न थालेको छ ।

आज भन्दा १० वर्ष अगाडी सम्म विराटनगर महानगरपालीकाको शहरी क्षेत्रमा बढीमा ९० फिट बोरिङ गर्दा ‘वाटरपम्प’लाई पुग्ने पानीको सतह सहजै भेट्न सकिन्थ्यो । त्यस्तै बढीमा ६० फिट खन्दा चापाकललाई हुन्थ्यो । अहिले त्यो अवस्था रहेन । ‘वाटरपम्प’कालागी कम्तिमा २ सय फिट बोरिङ गर्नु पर्ने अवस्था भएको छ भने  चापाकलकालागी पनि १ सय ५० भन्दा बढीनै खन्नु पर्ने अवस्था छ ।

सहरी क्षेत्रमा वन अतिक्रमण बढे सँगै जमिन मुनिको पानीको सतह निकै तल पुगेको छ । पानीको सतह सुके पछि विराटनगरमा अहिले सामान्यतया वाटरपम्कालागी बोरिङ गर्न ३ लाख र चापाकलकालगी ५० हजारको हाराहारीमा खर्च हुने गरेको छ । जुन सामान्य परिवारको लागी असम्भव जस्तै भएको छ । शहरिया गरिब परिवालाई यो समस्याको रुपमा विकास हुने क्रममा रहेको छ । यसतर्फ संघ,प्रदेश र स्थानिय सरकार खासै चासो दिएको पाइदैन ।

विराटनगर महानगरपालीकाको वडा–७ मेनरोड स्थित अथिति सदनलाई वटर पम्प जडानकोलागी बोरिङ गर्न १४ दिन लागेको छ । ५ जना मिस्त्रिले १४ दिन नियमित खटेर सम्पन्न गरेका हुन । पनिको सतह नभेटिदा धेरै दिन लागेको ठेकेदार रामप्रसाद कामतले बताए । मोरङ कटहरीका ठेकेदार रामप्रसाद कामतले प्रति फिट ५ सयका दरले ठेक्का लिएको बताए । कम्तिमा पनि २ सय फिट बोरिङ गरेको ज्याला र सामान गरी ३ लाखको हाराहारीमा रकम लाग्ने उनले बताए । कामदारले दिनको ७ सय ५० का दरले ज्याला लिने गरेको उनले बताए । संस्थानको पानीले अपुग हुने भएपछि वाटरपम्पबाट पानी तान्नलागेको अतिथि सदनले जनाएको छ ।

ठेकेदार कामतका अनुसार विराटनगर महानगरपालीकामा वाटरपम्पकालागी कम्तिमा २ सय फिट र ग्रामीण क्षेत्रमा १ सय ५० देखि १ सय ८० फिट सम्म बोरिङ गर्नु पर्ने हुन्छ । उनले दुई दिन अगाडी मात्रै विराटनगरको सरस्वति टोलमा चापाकलको लागी १ सय ८० फिट बोरिङ गरेको बताए । महानगरमा चापाकल जाडानकोलागी ५० हजार आसपास खर्च लाग्ने ठेकेदार कामतले बताए । पहिला पहिला १ दिनमा जडान गर्न सकिने चापाकल अहिले पानीको सतह नभेटीदा ३ देखि ५ दिन सम्म लाग्ने गरेको र निर्माणको लागत बढेको बताए । जिवन निमार्वाहकालागी मजदुरी गर्नेहरुले चापा कल निर्माण गर्न छाडेको उनले बताए ।