धरान / धरान फुटसल क्लबले हरेक साता शनिबार निःशुल्क रुपमा बालबालिकाहरुलाई फुटसल प्रशिक्षण गराउदै आएको छ । उक्त प्रशिक्षणमा ८ देखि १४ बर्ष उमेरका बालबालिकाहरु सहभागी हुन्छन् ।

साना बालबालिकाहरुलाई निःशुल्क फुटवल तालिम दिदै आएको धरान फुटसल क्लबले उनीहरुको खेलको लागि आर्थिक सहयोग जुटाउन आज भेट्रान फुटसल प्रतियोगिता आयोजना गरेको छ । धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित प्रतियोगितामा धरान, इटहरी, बराहक्षेत्र, विराटनगर, तेह्रथुम, ताप्लेजुङलगायत क्षेत्रबाट १२ क्लबहरुले सहभागीता जनाएको क्लवका अध्यक्ष खगेन्द्र लिम्बुले जानकारी दिए । ‘प्रतियोगिताको विजेताले नगद ३० हजार पाउने छन् । प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरु मात्र सहभागी छन् । चाडपर्वमा स्वास्थ्य रहन र मनोरञ्जन गराउन पुराना खेलाडीहरुलाई सहभागी गराएर प्रतियोगिता आयोजना गरेको अध्यक्ष लिम्बुले बताए । प्रतियोगिताबाट बचेकको रकम बालबालिकाको तालिममा खर्च गरिने लिम्बुले बताए । लिम्बु कै उकल प्रयासमा प्रत्येक शनिवार ३ घण्टा ४२ जना बालबालिकाहरुलाई उनले फुटसल प्रशिक्षण दिदै आएका छन् । फुटसलमा उनले लगानी गरेर बालबालिकाहरुलाई निशुल्क फुटसल तालिम दिदै आएका छन् ।