विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारको लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । शुक्रबार नै उनी थाईल्याण्ड पूतान गरेको मुख्यमन्त्रिका प्रेस सल्लाहाकार धुर्व सुवेदीले जानकारी दिएका छन् । उनको थाईल्याण्ड प्रस्थान पछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई दिइएको छ । मुख्यमन्त्री राईको सिफारिसमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी प्रदेश प्रमुखले कार्कीलाई तोकिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी जानकारी गराएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चन्द्रप्रसाद फुँयालले विज्ञप्ती जारी गरेर जानकारी गराएका हुन । आफ्नै निजी खर्चमा उपचार गर्न बैंकक गएका राई कार्तिक २४ गते फर्कने बताइएको छ । उनी विगत २ बर्षदेखि घाँटीको समस्या भोग्दै आएका थिए । यहाँका ठूला अस्पतालमा उपचार गराए पनि खास समस्या पहिचान नभए पछि थाइल्याण्ड गएका हुन् ।