चक्रघट्टी / सुनसरीको बराहक्षेत्र नगरपालिकाको मधुवनकी एक १६ बर्षिय बालिकालाई गर्भवती बनाई एक व्यक्ति फरार भएका छन् । स्थानीय २६ बर्षीय कुन्दन गुप्ताले गर्भवति बनाई फरार भएको प्रहरीले जनाएको छ । कुन्दर गुप्ता र ती बालिकाविच दुई बर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । असार १५ गते रेश्माको घरमा कोही पनि नभएको समयमा उनीहरु बिच यौन सम्पर्क हुदा ती बालिका गर्भवति भएकी थिइन । दशै पछि बिहे गर्छु, परिवारले नस्विकारे काठमाडौमा लगेर डेरा खोजी राख्छु, परिवारमा कसैलाई पनि नभन्नु भनी आफुलाई बाचा गरेको पिडित बालिका बताउछिन् । ५ महिना भइसक्दा पनि ती बालिकाले कसैलाई बताइकी थिईन । पेट बढ्दै गएपछि परिवारमा शंका भई सोधखोज गर्दा कुन्दनको बच्चा रहेको र उसले आफुलाई बिवाह गर्छु भनी बाचा गरेको पिडितका बाबुले बताए । गाउँ घरमा हल्ला चल्न थालेपछि १० दिन देखि कुन्दन बेपत्ता छन् । अहिले १० दिन जति भयो हामी बिच फोन सम्पर्क नभएको ,अहिले फोन अफ छ , कुन्दनले आफुलाई धेरै माया गर्ने तर कुन्दनको परिवारका सदस्यले उसलाई भगाएको पिडित बताउछिन् । कुन्दनका परिवारले पिडित परिवार समक्ष बिभिन्न व्यक्ति पठाई लाखौ पैसाको प्रलोभन देखाउने , अन्त विवाह गर्ने विवाह खर्च दिने , पेटको बच्चा फ्याक्नु पर्ने धम्कि दिदै आइरहेको पिडितका बुवाले बताए । प्रहरी चौकि मधुवनमा पिडित परिवारले लिखित रुपमा कुनै पनि जाहेरी नहालेको आफुलाई मौखिक जानकारी गराएको प्रहरी चौकी प्रमुख प्रकाश कार्की बताए । आफुहरुले केटाको खोजतलास गरिरहेको कार्की बताउछन् । ‘पीडित परिवारलाई जिल्ला प्रहरी कार्यालयमा जाहेरी हाल्नुस भनेका छौ तर उहाँहरु खै किन हो अल्मलिरहनु भएको छ।’– प्रमुख कार्की भने । कुन्दनका परिवारले पिडितलाई बिभिन्न आरोप लगाउदै आइरहेका छन् । रेश्माको पेटमा अरुकै गर्भ रहेको उसको परिवारको आर्थिक अबस्था नाजुक रहेकाले हाम्रो धन सम्पत्तिका लागी उसले कुन्दनको बच्चा भनी आरोप लगाएको कुन्दनका काका सुनिल बताए । पीडित परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको छ । ७ जनाको परिवार रहेको ती परिवारमा पीडितका बुवा बिहान बेलुका माछा मारेर बिक्रि गरी परिवारको पेट पाल्ने गरेका छन् ।