काठमाडौं / मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको आज निधन भएको छ । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो उनका परिवारले जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको बताइएको छ । भरखरै तुलाधरको शव अस्पतालबाट निजी निवास लगिन लागेको बताइएको छ ।