विराटनगर/ भारतको बथनाहादेखी विराटनगर – १८ बुधनगरस्थित कस्टम यार्डसम्म भारतीय रेलको इन्जियन आइपुगेको छ । आइतबार साढे २ बजे कस्टम यार्डसम्म आठ किलोमिटरको दूरी पार गरी रेल–वे परीक्षणका लागि रेलको इन्जिन ल्याइएको हो । कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागको प्रमुखसहितको टोलीले एक महिना अघि निरीक्षण तथा अनुगमने गरेपछि परीक्षणको लागि रेलको इन्जिन आएको हो । रेल सेवाको लिगको परीक्षण सफल भएको इन्जिनियरले बताएका छन् । बथनाहादेखी बुधनगरसम्म आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल नेपालको कष्टम यार्डसम्म आएको थियो ।

तस्विर:अनिल श्रेष्ठ