श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक १९ गते सोमबार, ५ नोभेम्बर २०१८ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि २३ः२० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र हस्ता २१ः०६ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः१८ र सूर्यास्त ५ः१५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । धातु तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलो वातावरणमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय राम्रो छ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । विश्वासपात्रबाट धोका हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । दाम्पत्य जीवनमा केही समस्या आइपर्न सक्ला । कष्टकर यात्रामा संलग्न हुनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्ष्ँेत्रमा तपाईंको उच्च स्थान रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।