धरान/ विगत ५ वर्षदेखि धरान–४ का गोमनसिंह चाम्लिङ बिरामीले थलिएपछि परिवारको दैनिक गर्जो टार्न समस्या परेको छ ।

ज्याला मजदुरीबाट दैनिक जीविकोपार्जन गर्दै आएका राईलाई विभिन्न रोगले च्यापेपछि परिवारको दैनिक गर्जो टार्न समस्या भएको हो । कमाउने एक्ला राई बिरामीका कारण थलिएपछि बिहान–बेलुकाको छाक टार्न समस्या भएको पीडित राईले बताए ।

आफैलाई औषधिपानीमा एक सातामा झण्डै २ हजार रूपैयाँ खर्च लाग्ने गरेको उनी बताउँछन् ।

अहिले आफन्तजनबाट रकम जोहो गरेर गुजारा गरिरहेको उनले बताए ।