पथरी/ मोरङको दक्षिण क्षेत्रमा रहेको पर्यटकीय स्थल ‘कमल पोखरी’ संरक्षण नहुँदा पोखरी पुरिर्दै गएको छ । सुनवर्षी नगपालिका–१, स्थित केचना शुक्रवारेमा रहेको कमल पोखरी संरक्षणको अभावमा पोखरी पुरिन्दै गएको हो । पोखरीमा ढकमक्क फुल्ने गरेको कमलका फुलहरु अहिले जलकुम्भी ढकमक फुलेर पोखरी ढाकेको छ । छेउछाउँमा भित्ता भत्कीएुर पोखरी पनि पुरिन्दै गएको छ । पोखरीले ७ विगा ६ कठ्ठा १७ धुर क्षेत्रफमा ओगेटेको छ । अग्रेजी अक्षर जे आकारमा फैलिएको प्राकृतिक पोखरी विभिन्न प्रजातिका जलचर तथा उभयचर चराचुरुङीको वासस्थान वनेको छ । खेतै खेतको विचमा रहेको यो पोखरीलाई २०२६ साल देखि स्थानिय मंगलसिह माध्यमिक विद्याालयले स्वामित्वमा लिएर संरक्षण गर्दै आएको थियो । सुरुवाती वर्षहरुमा विद्यालयले पोखरीमा माछाहरुको उत्पादन गरि वजारसम्म लगेर विक्रि गरि बिद्यालयको आयस्रोतको रुपमा रहेको थियो । १ नं. प्रदेसको मोरङ जिल्लाको राष्ट्रिय राजमार्गसँंग नजिक र राजमार्ग सँग जोडिएका दर्जनौ सिमसार क्षेत्रहरु भएता पनि राष्ट्रिय राजमार्गसगै जोडिएको पथरी वजारदेखी करिव १३ किलोमिटरको दक्षिण दुरीमा सो पोखरी रहेको छ । पोखरीको उचित व्यावस्थापन गर्न सके पोखरी ंगै दक्षिण भेगका राम्रो पर्यटकीय स्थल बन्ने आशा केचना बजारको रहेको स्थानीय सर्वलाल राईले बताए । २०६३ सालमा प्लान नेपालको पहलमा जापानको सोगामे परिवारको सहयोगमा पोखरीको वरिपरि १४ लाख रुपैयाको लागतमा लगभग १.५ किलोमिटर फराकिलो वाटोको निर्माण गरिदिएको थियो । फराकिलो ड्यामको सदुपयोग गर्दै त्यहा घुम्न जाने स्थानिय पर्यटकहरुले पुरै पोखरी परिक्रमा गरि पोखरीको सौर्दयको अवलोकन गर्न सक्ने अवस्था रहेको राईको भनाई छ ।
पोखरीको डिलमा फर्वाड नेपालको सहयोगमा विभिन्न प्रजातिका औषधीजन्य वोटविरुवाको रोपिएको थियो । जसका कारण दक्षिणी भेगको तातो गर्मी छल्न गर्मीको समयमा केचनाबासी पोखरीको डिलमा जाने गरेका छन् । पोखरीको प्रवेशद्वा्रारमा रहेको राईजातीको साकेला थान र आसपासमा निर्माण भएका विभिन्न देवालयहरुको मन्दिरले पोखरीको सौर्दयतालाई थप मनमोहक वनाएको देखिन्छ । पोखरीको डिलमा ४ वटा देवालयहरुको मन्दिर स्थापना गरिएको छ । जसमा हिन्दु धर्मालम्वीहरुले मान्दै आएका भगवान शिवको जलेश्वर महादेव मन्दिर त्यस्तै देवीको देविथान र किराँत धर्मालम्वीहरुले पुजा गर्ने किरात धार्मीक स्थलको स्थापनाले पनि सो पोखरीको धार्मीक महत्वको उजागर गरेको छ । पोखरीको छेउ पुरानो केचना बजार छ । त्यहाँ बजारमा साप्ताहिक प्रत्येक शुक्रबार बजार लाग्ने गरेको छ । स्थानीय गंंगा बान्तावाका अनुसार पोखरीमा धेरै वर्ष आगाडी दैवि शक्ति रहेको र विभिन्न आवाजहरु आउने गरेकोले त्यहाको स्थानीयहरुले त्यसपछि देविको पुजा गर्न थालेपछि आवाजहरु घटेर गएको किमदन्तीहरु रहेको छ । विद्यालयको स्वामित्वमा रहदा स्थानिय वैदेशिक रोजगारिमा विदेश पलायन भएका युवाहरुको समुहले सो पोखरीमा स्थानिय पर्यटनहरुको आर्कषण बढाउनका लागि आफ्नै लगानिमा ३ वटा बोट(डुङ्गा)हरु पनि सञ्चालनमा ल्याएको थियो । संरक्षण नहुँदा बोट पनि लथालिङ् रहेको छ । बिद्यालयले २०४७ साल देखि भने व्यावसायिक माछापालन गर्दै वार्षीक १० हजारदेखिी २०७३ सालसम्म आईपुग्दा वार्षीक ४ लाखसम्म आम्दानी गर्दै आएको विद्यालयका प्रधानाध्यापक सञ्चलाल लिम्वुले बताए । स्कुलको एक मात्र आम्दानिको स्रोत सो कमल पोखरीको स्वामित्व २०७३ साल देखी स्थानिय सरकारले संरक्षण गर्ने जिम्मा लिएको थियो । कमल पोखरीको संरक्षणमा विद्यालयले स्थानियहरुको एउटा समुह वनाएर समुहलाई ३० प्रतिशत र विद्यालयले ७० प्रतिशत पोखरीवाट प्राप्त आम्दानिको उपभोग गर्दै आएको थियो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सो पोखरीको विकासका लागि भनेर १६ लाख रुपैया विनियोज गरेको थियो । आर्थिक बर्ष २०७५/०७६ मा कमल पोखरीको स्तरउन्नतीका लागि भनेर सुनबर्षि नगरपालीकाले २० लाख रुपैया विनीयोजन गरेको नगर उप–प्रमुख मञ्जु राईले वताईन ।