सिरहा/ सिरहामा करेण्ट लागेर दुई दिनमा एक बालकसहित दुईको मृत्यु भएको छ ।

धनगढीमाई नगरपालिका–१० का दुई वर्षीय बालक नितिशकुमार यादवको आइतबार करेण्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार आफ्नै घरमा खेलिरहेको अवस्थामा करेण्ट लागेपछि श्रमजीवी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

शनिबार गोलबजार नगरपालिका–७ चोहर्वास्थित आफ्नै घरमा जडान गरिएको मसला पिस्ने मिलमा करेण्ट लागेर ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ । उनको पनि उपचारमा लैजाने क्रममा मृत्यु भएको थियो ।