भद्रपुर / भद्रपुर नगरपालिका तथा वडावासीहरूको सुरक्षालाई ध्यानमा राखी स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई एक थान मोटरसाइकल सहयोग गरेका छन् ।
सात नम्बर वडा कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा वडावासीले मोटरसाइकल हस्तान्तरण गरे । नगरकी उपप्रमुख चन्द्रमाया श्रेष्ठले एसपी भीमप्रसाद ढकाललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरिन् ।
वडावासीबाट सङ्कलित २ लाख २४ हजार ९ सय मूल्य बराबरको यामाहा १५० सिसीको मोटरसाइकल उपलब्ध गराएको वडाध्यक्ष विनोदकुमार पोखरेलले जानकारी दिए ।
यसअघि वडा कार्यालयले गार्मेन्ट चोकमा प्रहरी बिट स्थापना गरिसकेको छ ।