भद्रपुर/घरमा कोही नभएको मौका छोपी दश वर्षीया बालिकालाई करणी गरेको अभियोगका एक किशोर पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी नगरपालिकाकी एक बालिकालाई करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
किशोरले ती बालिकालाई ललाई–फकाई, डर, त्रास देखाएर जबरजस्ती बलात्कार गरेको थाहापाएपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले बालिकालाई उद्धार गरी घटनामा संलग्न किशोरलाई पक्राउ गरेको डिएसपी तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घटनापछि बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ भने किशोरलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको डिएसपी श्रेष्ठले जानकारी दिए ।