प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत् वामपन्थी नेता तुलाधरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह उनले ट्वीट गर्दै नेपालको वाम आन्दोलनमा उनले पुर्याएको योगदानको स्मरण गर्दै दुःख व्यक्त गरेका हुन् ।  प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खबर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ ।

दिवङ्गत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’